© २०२३
प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्राविधिक शिक्षामा लगानी बढाउनु पर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय वजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा चाहिने र त्यसका लागि राज्यले लगानी बढाउनु पर्ने बताए ।
बुटवलमा सञ्चालित एशोसिएसन स्कुल अफ होटल म्यानेजमेण्ट आस्थामले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बरालले प्राविधिक धारको शिक्षा आवश्यक रहेको बताए । देशको संवृद्विका लागि प्राविधिक शिक्षालयहरु खोलेर दक्ष जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको बताउदै मन्त्री बरालले प्रदेशस्तरीय टेक्निकल युनिभरसिटी निर्माणको तयारी भइरहेको जानकारी गराए । उनले अहिलेको शिक्षालाई प्राविधिक धारको शिक्षामा बदल्नु पर्ने आवस्यकता औल्याए ।
एलसिसिआई नेपालका प्रमुख कार्यकारी अधिकृत डाक्टर रोशन राठीले अन्तर्राट्रिय वजारमा विक्री हुन सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसका लागि राज्यले प्राविधिक शिक्षामा लगानि बढाउनुपर्ने कुरामा जोड दिए ।उनले सैद्वान्तिकसंगै व्यवसायिक, प्राविधिक शिक्षा आवश्यक रहेको बताए ।
एशोसिएसन स्कुल अफ होटल म्यानेजमेण्ट आस्थामका कार्यकारी निर्देशक घमानसिंह गुरुङले प्राविधिक शिक्षा हासिल गरेको जनशक्ति कोही पनि बेरोजगार बस्नु नपर्ने बताउदै राज्यले पनि त्यस क्षेत्रमा लगानि बढाउनुपर्ने आवस्यकता औल्याए ।विदेशमा मात्रै राम्रो शिक्षा लिन सकिन्छ भन्ने भ्रमका कारण अध्ययनका लागि नेपाली विद्यार्थिहरु विदेशीने गरेको भन्दै उनले नेपालमै पनि राम्रो शिक्षा लिन सकिन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताए ।
नेपालमा दुई÷अढाई लाख रुपयामा अध्ययन गर्न सकिने विषयका लागि विदेशमा २०÷२५ लाख रुपया तिर्ने गरेको बताउदै उनले आफ्नो कलेजमा अध्ययन गरेका विद्यार्थिहरु युरोप लगायत बिदेशका तारे होटलमा कार्यरत रहेको जानकारी गराए ।
कार्यक्रममा आस्थाम कलेजमा अध्ययनरत निकिता रानालाई ३७ हजार ५ सय नगद सहित छात्रवृत्ति प्रदान गरिएको थियो । इकाश गुरुङ, अशोक पांडेमगर, सुनिल श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै एलसिसिआई अन्तर्गत देशभरका पांच संस्थाका ५ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको कलेजका प्रशासन प्रमुख नारायण थापाले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी