© २०२३
डा गोबिन्द केसीको स्वस्थ्य चिकित्सा क्षेत्रको जायज मागको समर्थनमा नेपाल तरुण दल केन्द्रीय समितिदारा गरिएको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको हस्तक्षेपको विरोधमा बुटवलमा शान्तिपूर्ण विरोध रयाली गरेको छ ।
सो क्रममा शान्तिपूर्ण प्रदर्शनमा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतमाथि नेपाल सरकारले दमन गरेको भन्दै विरोधमा नेपाल तरुण दल, क्षेत्रिय समिति र नगर समितिको संयुक्त आयोजनामा बुधबार शान्तिपूर्ण रयाली निकालेको हो ।
बिपी चोकबाट शुरु भएर रयाली महेन्द्र पार्क, अस्पताल लाईन, ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । निकालिएको रयालीमा सहभागीले डा.गोविन्द केसी जिन्दाबाद, सत्याग्रही डा.केसीका माग पुरा गर, बढ्दो मंहगी नियन्त्रण गर, डा.केसीको माग पुरा गर्नुपर्ने जस्ता नाराबाजी पनि गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका जिल्ला सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सम्बोधन गर्दै प्रजातन्त्रमा शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुन्ठित गर्ने काम सरकारले गरेको बताए ।
नेपाल मेडिकल काउन्सिलका केन्द्रिय सदस्य डा कृष्ण खरेलले डा केसीले केवल दुईवटा र त्यो पनि आम नागरिकको पक्षमा हुने गरि माग राखेर अनसन बसेको बताए । कुनै चिकित्सकको हितका लागि वा ब्यक्तिगत फाईदा हुने उनको माग नभएको दाबी गर्दैै उनले आम नेपाली जनता गुणस्तरीय चिकित्सक सेवा र दुरदराजमा रहेको जनताहरुका छोराछोरीले चिकित्सा शिक्षा सर्वसुलभ पाउनुपर्ने मुख्य माग डा केसीको रहेको बताए ।
नेपाल चिकित्सक संघ, लुम्बिनी अंचलका सचिव डा ईन्द्र ढकालले पन्धौ पटक र अहिले २५ औ दिनको अनशनमा रहेको केसीको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिए । नेपाली काग्रेसको सरकारको पालामा अध्यादेशमार्फत टुङगाएको डा.कसीको मागलाई माफियाको पक्षमा हुने गरि वर्तमान सरकारले बङाउने काम गरेको उनले आरोप लगाए ।
कार्यक्रममा फणिन्द्र शर्मा, रामकृष्ण खाड, युवराज गिरी, किशोर सुवेदी, महेसमान सिह, नगर सभापति सुजन पुन, काग्रेसका युवा नेता प्रजापाल गिरीले सम्बोधन गर्दै जायजमागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा यस क्षेत्रका मानव अधिकारवादी, चिकित्सकहरुको एकवद्धता रहेको क्षेत्रिय समिति क्षेत्र नं २ का अध्यक्ष हसन्त लामाले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी