© २०२३
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आईसोलेसन सेन्टरबाट कोरोना सँक्रमित बिरामिको उपचार शुरु गरेको छ ।
गत वर्ष कोरोना संक्रमण सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दे नगरपालिकाले ८२ लाख रुपैयाँको लागतमा दुई ओटा ट्रस भवन बनाएको थियो । सोहि भवनलाई उपयोग गरी नगरपालीकाले २० शैयाको एचडियु सुविधा सहितको आईसोलेसन सेन्टर संञ्चालनमा ल्याएको छ ।
कोरोनाको पहिलो लहरमा भवन निर्माण सम्पन्न भएपनि ंसंचालनमा आएको थिएन तर दोश्रो लहरको जोखिम बढेसँगै नगरपालिकाले आइसोलेसन सेन्टरलाई डाक्टर सहित अस्पतालको रुपमा सँचालनमा ल्याएको हो । पहिलो लहरको जोखिम रहेको बेला आइसोलेसन सेन्टर निर्माणाधिन नै रहेकोले सँचालनमा नआए पनि पूर्वाधार निर्माणको काम भने जारी राख्दै केहि समय अघि मात्र भवन पूर्ण रुपमा सँचालनको लागि तयार भएको थियो ।
कोरोना संक्रमण भयाभह हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे दिर्घकालीन सोचका साथ भवन निर्माण गरिएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताए । गत वर्ष विद्यालयहरुमा संक्रमितलाई राख्नुपरेकोमा, यस वर्ष दुई ओटा भवन आइसोलेसनका लागी तयार भएकाले संक्रमितको उपचारमा सहज भएको नगरप्रमुख बस्यालले बताए । गत वर्ष सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा र बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको दिब्यज्योती क्याम्पसलाई आइसोलेसन सेन्टरको रुपमा नगरले कोरोनाको जोखिम रहेका र सँक्रमितहरुलाई ब्यवस्थापन गरेको थियो ।
बर्दघाट नगरपालिकामा संचालित आइसोलेसनमा अहिले २ जना डाक्टर, २ जना नर्सिङ्ग स्टाफ र १ जना प्यारामेडिक्सले सेवा प्रदान गरिरहेको र स्वास्थ्यकर्मीको अभावमा निरन्तर सेवामा खटिनु परेको डाक्टर शान्ति केसी ले बताइन । आइसोलेशनमा अहिले कोरोना पुष्टि भइ विशेषगरी स्वासप्रश्वासमा समस्या देखिएका विरामीमात्र रहेको र २ जनालाई चितवन रिफर गरिएको उनले बताइन । २० जना उपचार गर्न सक्ने क्षमता रहेको आइसोलेशनमा ९ जना सँक्रमितको अक्सिजनको सहायतामा उपचार भइरहेको डाक्टर केसीले जानकारी दिइन । आइसोलेसन संचालनमा आएपछि ७ जना उपचारपश्चात घर फर्किएका छन ।