ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

मध्य असार सकिंदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत रोपाइँ, अधिकांश किसानका खेत सुख्खा

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, १५ असार ।

मध्य असार सकिंदासम्म लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाई भएको छ । लामो समय पानी नपर्दा किसानले धान रोप्न पाएका छैनन् । असार १५ गते धान दिवस मनाइरहँदा पनि अधिकांश किसानका खेत सुख्खा छन् ।

प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म ६ जिल्लामा धान उत्पादन हुने गरेको छ । प्रदेशमा सरकारी कार्यालयले धान दिवसका लागि कार्यक्रम आयोजना गरेका छन् । असार १५ सम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । यसपटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । सिचाइँ पुगेको भए आधा रोपाइँ भइसक्ने कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताए । उनका अनुसार सुक्खा भएकाले जम्मा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा झण्डै ३२.७१ प्रतिशित रोपाइँ भएको उनले जानकारी दिए । ढिलो रोपाइँको उत्पादनमा असर देखिने उनले बताए ।

लुम्बिनीमा धान खेतीयोग्य ३ लाख ११ हजार ४२ हेक्टरमध्ये अहिलेसम्म ३४ हजार ४ सय ८३ हेक्टरमा मात्रै रोपाइँ भएको छ । प्रवक्ता मरासिनीका अनुसार क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा धान खेती गरिन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने रुकुमपूर्वमा १ हजार ४ सय १९ हेक्टरमा धान लगाइन्छ । अहिलेसम्म कपिलवस्तुमा ४ हजार २ सय ४ हेक्टर अर्थात् धान खेती हुने क्षेत्रफलको ६ प्रतिशतमामात्रै रोपाइँ भएको छ भने रुकुमपूर्वमा ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रूपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रूपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशको धानउत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङमा कुल धान रोपाइँ हुने ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ९० हेक्टरमा रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टरमध्ये ४ हजार ९ सय ३ हेक्टर अर्थात् १० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५ सय हेक्टरमध्ये २ हजार ४ सय ६० हेक्टर अर्थात् १२ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

प्रदेशका पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ८.५ प्रतिशतमा रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ भने अहिलेसम्म ७ सय ३७ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ । पाल्पामा ८ सय २१ हेक्टर अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २ सय १० हेक्टरमा रोपाइँ हुने प्रवक्ता मरासिनीले बताए । प्यूठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखाँचीमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।

अर्घाखाँचीमा ८ सय ५ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । अर्घाखाँचीमा ८ हजार ५० हेक्टरमा धान खेती हुने उनको भनाइ छ । उता रोल्पामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान खेती हुने ४ हजार ६ सय ३८ हेक्टरमध्ये २ हजार १ सय १० हेक्टरमा रोपाइँ सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?