ट्रेंडिंग:

>> यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री >> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व

संस्थागत सामाजिक उत्तरदायित्वमा ज्योति विकास बैंकले दियो किसानलाई धान रोप्ने मेशिन

प्रांगारिक कृषिको व्यवसायिकरणमा सरकारले लगानी बढाउनुपर्छ : डा. भुसाल
११ असार २०८०, सोमबार
११ असार २०८०, सोमबार

बुटवल, ११ असार । तिलोत्तमा नगरपालिकाका किसानलाई ज्योति विकास बैंकले धान रोप्ने मेशिन दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तिलोत्तमा–१० को उद्यमशील टोल विकास संस्थाका किसानलाई धान रोप्ने मेशिन दिएको हो ।
लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर र बैंकको बुटवल क्लस्टर प्रमुख कपिल न्यौपानेले टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनलाई करिब ६ लाख मूल्यको उक्त मेशिन हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मन्त्री अहिरले कृषिलाई प्रविधिसंग जोडेर व्यवसायिकरण गर्नुपर्नेमा जोड दिए ।
प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले देशको कूल जनसंख्याको दुई तिहाई कृषिमा संलग्न रहे पनि सरकारले बजेटमा कृषिलाई प्राथमिकतामा राख्न नसकेको औंल्याउंदै कृषिमा लगानी बढाउनुपर्ने माग गरे ।
उनले मानव स्वास्थ्य र माटोकोे सुरक्षाका लागि प्रांगारिक कृषिलाई प्राथमिकतामा राखेर यसको व्यवसायिकरणमा सरकारको ध्यान जानुपर्ने औंल्याए । डा भुसालले अन्य बैंक तथा त्तिीय संस्थाहरुले पनि अनुत्पादक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वको वजेट खर्च गर्नु भन्दा उत्पादनमुलक क्षेत्र कृषिको आधुनिकरणमा लगानी गर्न माग गरे ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रांगारिक कृषि उत्पादन विदेश निर्यातको समेत प्रचूर सम्भावना रहेको र प्रांगारिक कृषिलाई पर्यटनसँग जोड्न सकिने भएकाले तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।
उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोललाई ‘अर्गानिक जोन’का रुपमा विकास गर्न प्रदेश सरकारले पाइलट प्रोजेक्ट सुरुवात गरेको बताए । जसअनुसार कृषि ज्ञान केन्द्रको सहयोगमा अर्गानिक तरकारी उत्पादनमा ३० घर तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा धानखेतमा हांस पालनमा २६ घर र धान खेतमा माछा पालनमा ८ घर किसान छनोट भएका छन् । टोललाई अर्गानिक उत्पादनको हब बनाउन इन्नोभेसन कृषि फार्मले स्रोत केन्द्रको रुपमा सहजिकरण गरिरहेको उनले बताए । अर्गानिक कृषिलाई पर्यटनसंग जोडेर होमस्टे सञ्चालन, फिशिङ, फुड फेस्टिबल लगायतका गतिविधि सञ्चालन गर्ने योजना रहेको छ ।
ज्योति विकास बैंक बुटवल क्लस्टर प्रमुख कपिल न्यौपानेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीमा बैंकले पहिलोपटक किसानलाई करिब ६ लाख मूल्य पर्ने धान रोप्ने मेशिन खरिद गरेर हस्तान्तरण गरेको बताए ।
आगामी दिनमा पनि अन्य क्षेत्रमा भन्दा कृषि क्षेत्रमा उत्पादन बढाउन र मुलुकलाई आत्मनिर्भर बनाउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको वजेट खर्च गर्ने योजना रहेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?