© २०२३
लुम्बिनी प्रदेश मै पहिलो पटक गुल्मीको छापचौरमा वीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सदाबहार युवा क्लब कालीगण्डकी गाउँपालीका ७ छापचौरले तीन दिने वीच भलीबलको आयोजना गरको हो ।
दुई दुई जनाको समुह बनाएर खेलिने बीच भलीबल बालुवामाथि खेलिने खेल हो । खेल मैदानभरी बालुवा राखेर बालुवामाथी खेलीने भएकाले यो खेल बिशेष गर िसमुद्री किनार र नदी तटिय क्षेत्रमा खेलिदै आएको छ ।
पछिल्लो समय नेपालका बिभिन्न ठाउँमा समेत खेल खेल्न खेल्न सुरू गरेको सदाबहार युवा क्लबका पुर्व अध्यक्ष बादल हमालले बताए ।
६ जना खेल्ने मैदानमा २ जनाले खेल्ने हुँदा यो खेल मनोरंजन हिसाबले समेत हेर्नेको भिड लाग्ने उनले बताए । वीच भलिबल खेल आयोजना गरेपछि गुल्मी, बाग्लुङ, स्याङजा, पर्वत, नवलपरासी, रूपन्देही जिल्लाबाट समेत खेलाडीहरूले खेल बारे चासो राखी सहभागी भएको सदाबहार युवा क्लबका अध्यक्ष आस्रित थापाले बताए । गाउँमा पहिलो पटक बालुवा माथि खेलिने बीच भलिबल खेल आयोजना गरिएको हुँदा स्थानीय दर्शकले खेल कसरी खेलिन्छ भन्ने कुरामा चासो दिइ हेर्न आएको उनको भनाइ छ ।
खेल संयोजक कुसल श्रीसले वीच भलिबल खेल प्रतियोगितामा १८ समुहले भाग लिएको जानकारी दिए । हामीलाई यति धेरै समुहको सहभागीता हुन्छ भन्ने लागेको थिएन उनले भने, तर धेरै धेरै टाढा स्याङजा, बाग्लुड, पर्वत, नबलपरासीबाट खेलाडीहरूले खेलमा भाग लिन खेलाडी आउनुभएको छ ।
आयोजनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १६ हजार, कप, मेडल र प्रमाण पत्र, द्धितीय हुनेले १० हजार, कप, मेडल र प्रमाण पत्र र तृतीय हुनेले ६ हजार नगद सहित कप, मेडल र प्रमाण पाउनेछन् । सान्त्वना हुनेले ४ हजार प्राप्त गर्नेछन् ।
टाटा–टाढाबाट आउने खेलाडीहरूलाई आवासिय ब्यवस्था गरिएको क्लबका पुर्व अध्यक्ष बादल हमालले बताए । प्रतियोगिता तिनदिनसम्म चल्ने आयोजकले जनाएको छ ।