© २०२३
हिन्दु धर्मावलम्बीहरुको महान चाड वडादशैको अवसरमा खुल्ला फुटसल प्रतियोगिता शुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाका सहयोग तथा राधाकृष्ण फुटवल क्लबका आयोजनामा शुक्रबारदेखि पहिलो दशै कप फुटसल प्रतियोगिता २०२० शुरु भएको हो । एक समारोहका बिच रुपन्देही जिल्ला फुटसल संघका अध्यक्ष राजु पुनले रेफ्रिलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्दै कोरोना भाईरस संक्रमणको त्रासबाट खेलकुद गतिविधि नहुदा खेलाडीमा समस्या उत्पन्न भएको बताए ।
लामो लकडाउनका कारण खेलाडीहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएर घरमै थुनिनुपरेको अवस्था हुनु दुखद भएको उनले बताए । क्लबका अध्यक्ष यम बरालले यो वर्ष क्लबको वार्षिक कार्यक्रम गर्न नपाएको दुखेसो गरे। स्वस्थ्य मापदण्ड अप्नाएर पहिलो फुटसल प्रतियोगिता गरेको समेत उनले बताए। प्रतियोगितामा उपाधि विजेताले नगद २० हजार कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजारबाट पुरस्कृत गरिने संयोजक सर्वेस घलेले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा २४ टिम सहभागी रहेका छन । कार्यक्रममा पत्रकार विश्वास ढकाल, पुर्व खेलाडीहरु प्रदिप आचार्य, दिलिप क्षेत्री, सुमित खनाल शुभकामना दिएका थिए । योगिकुटी स्थित लुम्बिनी फुटसल एरिनामा भएको पहिलो प्रतियोगितामा युनिक फुटसल विजयी भएको छ । युनिकले खस्यौली एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । निशान्त सुनार, अंकित क्षेत्री र रबिन थापाले गोल गरेका थिए ।