ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

थलिए पर्यटकीय स्थलका होटल

४ कार्तिक २०७७, मंगलवार
४ कार्तिक २०७७, मंगलवार

देशकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको लुम्बिनी सहितका बुद्धको जिवनी जोडिएका बुद्धस्थलमा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन धौ धौ परेको छ । सरकारले असोज १ गतेबाटै सुरक्षा सतर्ककता अपनाउदै होटल रेष्टुरेन्ट संचालन गर्न अनुमति दिए पनि यहाँका होटल प्रायः बन्द छन् । कोरोना भाईरस संक्रमणका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको होटल व्यवसाय अहिले सम्मै चकमन्न छन् । यस वर्षको पर्यटकीय सिजन सुरु भई सक्यो । तर कुनै पनि बुद्धको जिवनी जोडिएका स्थलमा पाहुना आउने सुरसार नै छैन् ।

सिजनमा आन्तरिक र बाह्य पर्यटक नआउदाँ बुद्धको जिवनी जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीका होटल र रेष्टुरेन्ट सुनसान भएका हुन । यस्ले होटल व्यवसायी चिन्तित बनेका छन् । संबिधान निर्माण पछि देश स्थिरता तर्फ उन्मुख हुन थालेको थियो । देश स्थिरता तर्फ जादै गर्दा पर्यटन व्यवसाय फस्टाउने प्रस्टै थियो तर, कोरोना संक्रमणले थलिएको अर्थतन्त्रले होटल र रेष्टुरेष्ट व्यवसायीलाई उठनै नसक्ने गरि थला पारेको छ ।

राजकुमार सिद्धार्थको जिवनी जोडिएको स्थल कपिलवस्तुमा पर्यटक आउने सुरसारै छैन । जस्का कारण यहाँका १ हजार ३ सय बढि होटल र रेष्टुरेन्ट प्राय बन्द छन । व्यवसाय बन्द हुदाँ त्यसमा आबद्ध ३ हजार बढि श्रमिकलाई हातमुख जोर्नै समस्या परेको छ । बन्दाबन्दी पछि हाल सम्मको अबधीमा कपिलवस्तुका होटल तथा रेष्टुरेष्ट व्यवसायीले एक अर्ब बढिको नोक्सानी बेहोर्नु परेको होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल खत्री बताउछन । “व्यवसायीले अहिले होटल कसरी सञ्चालन गर्ने भन्दा पनि बैङ्क ब्याज र घर भाडा कसरी तिर्ने भन्ने समस्यामा छन ।” अध्यक्ष खत्री भन्छन । खत्रीका अनुसार कोरोना संक्रमणका कारण होटल व्यवसायी थलिदा आगामी दिन बुद्धस्थलका कारण परिचित भएका पर्यटन क्षेत्र नै तहसनहस हुन बेर छैन । “व्यवसायीलाई टिकाई राख्न सरकारले ऋणको ब्याज मिनाहा, भाडा छुटका लागी सहयोग लगायतका प्याकेज नल्याए आगामी दिनमा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछ ।” खत्री थप्छन ।

कपिलवस्तु मात्रै होईन बुद्ध जन्मस्थल लुम्बिनीका होटलहरुको पनि अवस्था उस्तै छ । यहा साना, मझौलादेखि सुविधा संपन्न राम्रा ७५ बढी होटल छन् । ५ वटा तारे होटल छन् । यहा ६ हजार बेड क्षमताका होटल छन् । रेस्टुरेन्ट २५ वटा छन् । तर पर्यटक अभावमा ढोकै खुलेका छैनन् । कतिपयमा ताल्चा झुडेका छन् । एक दुई जना पाले सुरक्षा गार्डले कुरेर बसेका छन् । एउटा होटल पनि खुल्ने अवस्था नै बनेको छैन । होटल रहेको ठाउ सुनसान छन् । लकडाउन हटेर खुकुलो भई अधिकान्स ठाउ पुरानै लयमा फर्किएर चहलपहल बढेको भएपनि लुम्बिनीमा त्यस्को कुनै प्रभाव छैन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल संचालन गर्न व्यवसायीले तयारी गरेका छन् । तर पाहुना आएका छैनन् । लकडाउन शुरु भए पछि गृह जिल्ला गुल्मी पुगेर तिन महिना पछि लुम्बिनी फर्किदा समेत होटल खोल्ने बातावरण नै नबनेको लुम्बिनी होटल संघका सदस्य दिपक न्यौपानेले बताए । “व्यापार जिरो छ । लकडाउनले ५०÷६० लाख घाटा लाग्यो । बैङ्कको किस्ता र ब्याज कसरी तिर्ने भन्ने तनाव छुट्टै छ ।” न्यौपानेले गुनासो गरे ।

बजारको मुख्य चोकमा होटल संचालन गरिरहेका लुम्बिनी होटल संघ अध्यक्ष मिथुनमान श्रेष्ठले सरकारले होटल संचालन गर्न अनुमति दिएको एक महिना बित्दा पनि पाहुना नआएको गुनासो गरे । “होटल व्यवसायीले बेहोरेको घाटा अरबौमा गयो । अब त हिसाब राख्न पनि छोड्यौ ।” श्रेष्ठले भने । ९० प्रतिशत बढि व्यवसायीले ऋण लिएर व्याजमा होटल सञ्चालन गरेकाले सरकारले ब्याजमा केहि सहयोग दिए मात्रै होटल व्यवसायीले राहत पाउने उनको भनाई थियो । सो क्षेत्रका होटल व्यवसायी अहिले ऋण व्याजले थलिएका छन् । लुम्बिनीको आकर्षण मायादेवी मन्दिर बन्द गरिएको छ । त्यस्तै लुम्बिनी भित्र रहेका विहार, मोनाष्ट्री, गुम्बा र चैत्यका ढोका लागेका छन् । उक्त पर्यटकीय आकर्षण स्थल नखोल्दासम्म यहाका होटल र पर्यटन व्यवसाय लकडाउनकै अवस्थामा रहने व्यवसायीहरु बताउछन् । त्यस्तै यहा पर्यटक तीर्थालुकालगि प्रसाद, उपहार र विभिन्न सामग्रीहरु बिक्री गर्न खुलेका पसलहरु पनि बन्द छन् । कोष सुचना केन्द्र अघि र महिलवार चोकका सय बढी साना पर्यटन व्यवसायी पनि मारमा छन् । चीनमा कोरोना भाईरस संक्रमण देखिए पछि गत जनवरीदेखि ९ महिना बढीमा लुम्बिनीले १२ लाख बढि पर्यटक गुमाएकोछ । होटलमा आश्रित एक हजार दुई सय बढी श्रमिक बेरोजगार भएका छन् । आर्थिक बर्ष ०७६÷७७ मा गरिएको आर्थिक सर्वेक्षणमा मुलुकमा सर्वाधिक भ्रमण गरिएको ठाउ“मा लुम्बिनी परेको छ । लुम्बिनी भ्रमण गर्नेमा ७९ प्रतिशत नेपाली, ११ प्रतिशत भारतीय र १० प्रतिशत तेस्रो मुलुकका छन् । लुम्बिनी स्वदेशीदेखि विदेशी वर्षेनी १६ लाख हाराहारीमा श्रद्धालु र पर्यटक आउने गरेका छन् । सन् २०१९ मा एक सय १५ मुलुकका पर्यटक यहा आएका थिए ।

लुम्बिनी प्रदेश प्रचुर पर्यटकिय संभाव्यता रहेको प्रदेश मानिन्छ । कोरोना अघि यो प्रदेशमा होटल र रेष्टुरेष्ट सञ्चालनका लागी राम्रो बातावरण बन्दै थियो । तर कोरोनाको कहरले सो क्षेत्रलाई प्रत्यक्ष नोक्सानी पुगेको होटल व्यवसायी संघका लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले बताउछन । लुम्बिनी प्रदेशका १२ जिल्लाभर ११ हजार हाराहारीमा होटल र रेष्टुरेन्टहरु छन । जसका लागी प्रदेशभर नै ९५ अरब रुपैया बढि लगानी गरिएको छ । होटल तथा रेष्टुरेन्टमा ६० हजार श्रमिकले प्रत्यक्ष रोजगारी पाएका छन । बन्दाबन्दीका कारण ३÷४ महिना होटल, रेष्टुरेन्ट र पाटी प्यालेस बन्द भए । जसका कारण सबै श्रमिक बेरोजगार बने । पछिल्लो समय प्रदेशभरका होटल रेष्टुरेन्ट आंशिक रुपमा खुल्न थाले । तर ५० प्रतिशत श्रमिक (३० हजार) भने पेशाबाट बिस्थापित हुने अवस्थामा पुगेका छन । होटल र पाटी प्यालेस सञ्चालनमा आउन नसक्दा आन्तरिक ग्राहकका कारण रेष्टुरेन्ट सञ्चालनका कारण २०÷२५ प्रतिशत मात्रै व्यापार हुन सकेको छ । होटल तथा रेष्टुरेष्ट कहिलेबाट निरन्तर सञ्चालन हुने हो टुङ्गो नहुदाँ व्यवसायीले पेशा गर्ने कि छोड्ने दोसाधमा परेको प्रदेश अध्यक्ष काफ्ले बताउछन । “कोरोनाको प्रभाव कहिले सम्म रहने हो एकिन छैन । यो अवस्था लामै रहे होटल व्यवसायी धरासायी हुने अवस्था छ ।” उनले भने । ऋण लिएर सञ्चालन गरिएका होटल व्यवसायलाई सरकारले बिषेश राहत प्याकेज घोषणा गर्न नसके देशको समग्र पर्यटन क्षेत्रनै सो को प्रभावमा पर्ने निश्चित भएको उनको ठम्याई छ । (ईन्जाको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?