© २०२३
रुकुम (पश्चिम)को पश्चिम क्षेत्र चौरजहारी नगरपालिकाको मुख्य बजार क्षेत्र चौरजहारी उपत्यकामा विगत धेरै बर्षदेखी रहेको खानेपानीको अभाव अहिले पनि उस्तै छ । खानेपानी अभाव हुदाँ यहाँका स्थानियवासीहरु पानीका लागि घण्टौ लाईन बस्न बाध्य छन् ।
नगरपालिकाको वडा नंं १, २ र ३ अन्तरगत पर्ने यस उपत्यकामा आजभन्दा धन्नै १० बर्षअघि बनाएको खानेपानीबाट स्थानियले जसोतसो खानेपानीको गर्जो टारिरहेका त छन् तर, यो प्रयाप्त छैन । साथै पहिले पानी ल्याएका मुहानहरु पनि सक्दै जान थालेपछि र हरेक बर्ष जनसंख्या बढ्दै जान थालेपछि यस क्षेत्रमा खानेपानी समस्या दिनानुदिन विकराल बन्दै जान थालेको छ । स्थानिय कुमारी ओलीले आफुहरुको धेरैजसो समय पानी जम्मा गर्नमै जाने बताईन् । ‘घरको एकजनाको काम त पानी जम्मा गर्ने नै हुन्छ ।’ उनले भनिन् ‘घरमा पानी भएन भने अरु काम पनि त गर्न सकिन्न यसकारण हामि हाम्रो धेरै समय अरु काम भन्दा पनि पानी जम्मा गर्ने काममै बिताउछौ ।’
रुकुम (पश्चिम)को दोस्रो नगरपालिकाका रुपमा रहेको चौरजहारी क्षेत्र भेरी नदिको तिरमा रहेको जिल्लाको सबैभन्दा ठुलो उपत्यका पनि हो । भौगोलिक हिसावले उत्पादयोग्य जमिन भएपनि पानीको कै अभावका कराण यहाँका जग्गाहरु सुख्खा हुने गरेका छन् । भेरीको तिरमा भएपनि काकाकुल चौरजहारीको आवश्यता पुर्ती गर्न विगतमा धेरै प्रयासहरु नभएका भने होईनन् तर, राजनैतिक र अन्य बिभिन्न कारणले गर्दा ति प्रयासहरु सफल हुन सकेनन् । स्थानिय एक राजनैतिक दलका नेताले आफुहरु बिचको तिब्र बिवादका कारण जनताको खानेपानी जस्तो आधारभुत आवश्यकता पुर्ती गर्न नसकेको स्विकार गरे ।
राष्ट्रिय गौरवाको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने देशका १० वटा प्रमुख स्थानलाई सरकारले ‘मेघा सिटी’का रुपमा बिकास गर्ने बताएको छ । भविष्यका १० प्रमुख शहर अन्तरगत चौरजहारी पनि एक हो । यहाँको खानेपानी अभावलाई सम्बोधन गर्न जिल्ला खानेपानी तथा सरसफाई डिबिजन कार्यालय रुकुम (पश्चिम)को सहयोगमा २३ करोडको लगानीमा बृहत खानेपानी आयोजना निर्माण गर्ने गरि काम अगाडी बढाउने तयारी भैरहेको नगरपालिका प्रमुख विशाल शर्माले बताए । शर्माका अनुुसार यो आयोजना सम्पन्न भएपछि चौरजहारी उपत्यकाका संगै नगर क्षेत्रका अन्य वडाहरुमा पनि खानेपानी आपुर्ती सहज हुनेछ । ‘स्थानिय सरकारको पहिलो ध्यान नै यहाँको खानेपानी आपुर्ती गर्न तर्फ केन्द्रित भएको हो । हामिले २३ करोडको ठुलो आयोजनाका लागि काम अगाडि बढाएका छौ ।’ नगर प्रमुख शर्माले भने, ‘विगतको जस्तो विवाद हुने र निर्माण रोकिने अब हुदैन । यो आयोजना जसरी पनि सम्पन्न गरिनेछ ।’
भेरी नदिबाट प्रसोधन गरेर खानेपानीको सुविधालाई स्थानियको माग अनुसार घर–घरमा नै पु¥याउने योजानामा रहेको नगरपालिकाकाले बताएको छ । कुल १५ सय घरधुरी रहेको यस चौरजहारी उपत्यकामा हाल वडा नंं. ४ अमलाटाकुरा मुहानबाट खानेपानी आईरहेपनि बढिरहेको जनसंख्याका आधारमा स्थानिय जनताले खानेपानीका लागि निकै कष्ट भोग्नुपरिरहेको छ । उनिहरुले खानेपानीको अभावलाई पुर्ती गरिदिन स्थानिय सरकारसंग अनुरोध गरेका छन् । पहाडी क्षेत्र भएपनि भौगोलिक हिसावले उपत्यकाको रुपमा रहेको चौरजहारीमा एर्पोट छ । रुकुम पश्चिमको प्रमुख व्यपारिक केन्द्र चौरजहारीमा छिमेकी जिल्लाहरु जाजरकोट र सल्यानका सर्वसाधानहरुले समेत यस बजारको प्रयोग गर्ने गरेका छन् ।
चौरजहारीमा खानेपानीका पालो कुरेर बसेका स्थानिय । बुटवल टुडे