© २०२३
देशभर कोरोना संक्रमितको ग्राफ बढिरहेको छ । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १२ हजार बढी संक्रमित पुगेका छन् । कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दा जनमानसमा सरकारले अब लडकाउन गर्ने त होइन भन्ने त्रास पनि बढेको छ ।
तर नेपाल नेपाल प्रहरीले भने कोरोनाको ग्राफ बढिरहँदा प्रहरीको कोरोना परिक्षण गर्नमा आनाकानी गर्न थालेको छ । बिरामी हुँदा समेत प्रहरीले कोरोनाको पिसिआर नगरेको प्रहरीकै गुनासो आएको छ । लुम्बिनी प्रदेश भित्रका तराईका जिल्लाका प्रहरी कार्यालयहरू प्रहरीहरू बिरामी हुने क्रम बढेर गएको भए पनि परिक्षण नभएको हो ।
परिक्षण नगरिनुमा कोरोनाको वीमा गरेको इन्सोरेन्ससँग मिलेर माथिल्लो तहका प्रहरी अधिकारीले फाइदा लिएको हुनसक्ने तल्लो तहका प्रहरीको आशंका छ ।
फ्रन्ट लाईनमा रहेर काम गर्दाको समयमा प्रहरी कर्मचारीमा परिक्षण नगराउदा कोरोनाको संक्रमण बढने आंशका गरिएको छ । यसले प्रहरी समेत थप जोखिममा परेको प्रहरीका अधिकारीहरु नै बताउँछन् । बिरामी परेको प्रहरी कर्मचारीलाई समयमा उपचार नगरे प्रहरीमा कोरोनाको थप जोखीम बढने देखिन्छ, एक प्रहरीले भने, बिरामी परेका प्रहरीलाई अलगै बस्ने ब्यवस्था गर्नु जरूरी छ । चेकजाँच नभएपछी डिउटी जानै पर्यो बिरामी बिरामी परेका प्रहरीले भने । संक्रमित अवस्थामा सुरक्षामा खटिदा कोरोना संक्रमण बढ्ने त होइन भन्ने भयो । धेरैजसो बिरामी परेका प्रहरीहरु ब्यारेकमै रहने गरेको बताइएको छ । पिसिआर चेक गराउन अनुमती छैन् कार्यालय प्रमुखले केही हुदैन भन्दै टार्छन ति प्रहरीले भने । उनले बिरामी हुँदा तातोपानी खाँदै ब्यारेकमै सुत्ने गरेको बताए ।
तराईका प्रहरी कार्यालयहरूमा प्रहरीका प्रमुखहरू भने बिरामी हुनु सामान्य हो भन्दै जतिसक्दो लुकाउनेमा लागेको तल्ला तहका प्रहरीहरूले गुनासो छ । तराईका प्रहरी चौकी देखि जिल्ला प्रहरी कार्यालयहरूमा दर्जनौ प्रहरी कर्मचारीहरु बिरामी भएको बताइन्छ । बिरामी परेको हप्ता दिनसम्म समेत उनीहरू चेक जाँचमा कुनै ध्यान पुगेको छैन । आफ्नो लगानीमा समेत चेक गर्न नदिइएको प्रहरीहरु बताउँछन् । बिरामी परेका प्रहरीसँगै अन्य प्रहरी एउटै ब्यारेकमा सुत्नुपर्दा बिरामी नभएका प्रहरीमा समेत यसको त्रास बढेको छ । के गर्ने हाकिमहरूले कुरा नबुँझदा साना पदका प्रहरीहरू त्रासै त्रासमा बस्नुपरेको छ अर्का प्रहरीलको भनाई छ ।
सरकारले सबै प्रहरीको कोरोना विमा गरिदिएको छ तर पिसिआर चेकजाचमा भने प्रहरीले नै रोक लगाएको छ । कोरोना लागे १ लाखसम्म पाउने व्यवस्था छ । तर पिसिआर चेकजँच नगर्दा प्रहरीले उक्त सुविधा पाउन सकेका छैनन् । कोरोनाको वीमा गरेको संस्थासँग मिलेर चेकजाँच नगरि माथिल्लो तहका प्रहरी अधिकारीले फाइदा लिएको तल्लो तहका प्रहरीको आशंका छ ।
लुम्बिनी प्रदेशका प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले प्रहरीको स्वास्थ्य सुरक्षामा कुनै कमी नभएको दाबी गरे । सबै कार्यालयका सबैलाई चेक गराउन सकिने अवस्था छैन, कसैलाई लक्षण देखिए र स्वास्थ्यमा समस्या देखिए पिसीआर चेक हुन्छ । उनले कोरोना पोजेटिभ देखिएको अवस्थामा आईसुलेसनमा राखिने गरेको समेत बताए । लुम्बिनी प्रदेशममा प्रहरीमा मात्रै ४ सय छ जनामा संक्रण देखिइसकेको छ । त्यसमध्ये १ सय ३३ जना उपचाररत छन् ।