© २०२३
काठमाडौं,१ असार । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।
नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।
उपचार गरेर फर्किएपछि नेता पुनले आफू सक्रिय राजनीतिमै क्रियाशील हुने बताएका छन् ।