ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

दुई सातादेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी सडक सुचारु

२३ आश्विन २०७७, शुक्रबार
२३ आश्विन २०७७, शुक्रबार

पहिरोका कारण गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको रिडी–रुद्रवेणी सडक शुक्रबार बेलुकीदेखि सुचारु बनेको छ । रुरु क्षेत्र गाउँपालिका १ अन्र्तगत विष्णुपञ्जर नजिकै सडक माथिवाट चट्टान सहित खसेको ठूलो पहिरो हटाएपछि सडक सुचारु बनेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक शालिकराम थापाले बताए ।

पहिरोका कारण अवरुद्ध बनेको उक्त सडकमा पटक पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन थप समस्या परेको थियो । सडक सुचारु गर्नका लागि स्थानीय रुरुक्षेत्र गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको पहलमा रिडी र रुद्रवेणी दुवै तर्फवाट चार दिनसम्म जेसीभि र ईक्साभेटर परिचालन गरि पहिरो हटाउने काम भएको हो ।

गुल्मीको रिडीदेखि वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङ्गसम्म सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका मानिसहरुलाई आवतजावत र खाद्यान्न ढुवानीमा थप समस्या परेको थियो । उक्त सडक खण्डमा पहिरोले दुई सय मिटर भन्दा बढी सडक पुरिदिएको थियो ।
चाडवाड नजिकिँदै जाँदा लामो समयसम्म सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौं मानिसहरु थप समस्यामा परेका थिए । सडक सुचारु भएसँगै दुवै क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ जान थालेको स्थानीय समाजसेवी अशोक श्रेष्ठले बताएका छन् । रिडी–रुद्रवेणी सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालन हुने अति व्यस्त सडक अन्र्तगत पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?