ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

कोरोना नसर्ने कार्यालय !

२२ आश्विन २०७७, बिहीबार
२२ आश्विन २०७७, बिहीबार

घोराही १५ का लक्ष्मण अधिकारी मोटरसाईकलको राजश्व तिर्न बुधवार यातायात व्यवस्था कार्यालय तुलसीपुर पुगे । १० बजे नै कार्यालय पुगेर लाईन लागेका अधिकारीले दिउसो १ बजे बल्ल राजश्व बुझाए । लाईनमा बस्दा उनले सामान्य अवस्थाको जस्तैगरी लाईन बस्नु प¥यो । आफु सचेत हुँदाहुदैपनि यातायात कार्यालयको भिडभाडबाट उनी जोगिन सकेनन् ।

बुधबारदेखि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भयो भन्दै जसरी तसरी राजश्व बुझाएर उनी फर्किए । अधिकारीका अनुसार उनी लाईन बस्दासम्म करिव ३ सय सेवाग्राहीलाईनमा थिए । लाईन बाहेकका अन्य सेवाग्राही पनि त्यत्तिकै मात्रामा रहेको उनको भनाई छ ।

अधिकारी त प्रतिनिधि पात्र मात्र हुन् । अहिले जिल्लाका धेरैजसो कार्यालयहरुमा अधिकारीले जस्तै सास्ती खेपिरहनुपरेको छ । जिल्लामा कोरोना संक्रमण बढिरहेपनि सरकारी कार्यालयमा भने नागरिकहरुको भिड लाग्ने गरेको छ । यातायात व्यवस्था कार्यालय, विद्युत प्राधिकरण, मालपोत, नापि शाखाहरुमा सेवाग्राहीहरुको भिड लाग्ने गरेको हो । सेवाग्राहीले मास्कको प्रयोग गरेपनि सामाजीक दुरी कायम नगरेका कारण भिडभाडले संक्रमणको जोखिम बढेको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरमा सवारी साधन कर बुझाउने सेवाग्राहीको भिड देख्दा कार्यालयमा कोरोना सकिएको जस्तो देखिन्छ । तर जिल्लामा दैनिक २० देखी माथि संक्रमितहरु भेटिदै आएका छन् ।

लुम्विनी प्रदेश सरकारले कोरोनाका कारण अशोज मसान्तसम्म राजश्वमा लाग्ने जरीमाना छुट गरेका कारण सेवाग्राहीको भिड बढेको यातायात व्यवस्था कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख रविन्द्र केसीले बताए । कार्यालय शुरु हुनुपुर्व लाईनमा बस्दा सामाजीक दुरी कायम गर्न लगाएपनि सेवाग्राहीले नै अटेरी गर्दा भिडभाड बढेको केसी बताउछन् । कार्यालयले मात्र कोरोना संक्रमणको जोखिम कमगर्न नसक्ने भन्दै केसीले स्वयं नागरीक नै सचेत हुनुपर्ने बताउछन् । “कोरोनाको जोखिम कर्मचारीलाई मात्र त छैन, सेवाग्राहीलाई पनि छ, त्यसैले सवैले सावधानी अपनाउनु पर्नेमा सेवाग्रहीले नै अटेरी गर्छन्” केसीले भने । दैनिक ४÷५ सय सेवाग्राही आउने कार्यालयले मात्रै जोखिम कम गर्न नसक्ने उनको भनाई छ ।

दाङमा बुधवार कर्मचारी सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर, घोराही, लमही, शान्तिनगर, गढवा र दंगीशरणका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ७ महिनाको बच्चा देखि ५० वर्ष उमेर समुहका रहेका छन् । तुलसीपुरमा संक्रमित हुनेमा २ जना फ्लोअप र १७ जना नयाँ संक्रमित रहेका छन् । संक्रमित हुनेहरु तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का १ जना, ४ का १ जना, ५ का ९ जना, ६ का २ जना, ७ का १ जना, ९ का १ जना, १२ का १ जना र १६ का ३ जना रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

यस्तै लमही नगरपालिका वडा नम्बर ६ का १ जना र सम्राट सिमेन्ट उद्योगका ४ जना कर्मचारी वडा नम्बर ४ का २ जना बैङकका कर्मचारी र वडा नम्बर ८ का १ जना रहेको लमहीका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिए । यसैगरि गढवा गाउँपालिका वडा नम्बर २ का १ जना र ६ का १ जनामा कोरोना पुष्टि भएको गढवाका गाउपालिकाका स्वास्थ्य शाखा अधिकृत कैलास चौधरीले जानकारी दिए । घोराही उपमहानगरपालिकाका १५ जना, शान्तिनगरका २ जना, र दंगीशरणका १ जना पनि संक्रमण रहेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनका अनुसार दाङमा संक्रिय संक्रमितको संख्या २ सय ४३ पुगेको छ भने संक्रमितको संख्या १ हजार ३ सय ३ जना रहेको छ । यस्तै कोरोना मुक्त भई घर फर्कनेको संख्या १ हजार ५७ जना रहेको फोकल पर्सन चन्दले जानकारी दिए ।

यसैबिच दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थिति भेरी अस्पतालमा उपचाररत घोराही १५ का एक महिलाको निधन भएको हो । यससंगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?