© २०२३
लुम्वीनी प्रदेश र राजधानी भालुवाङ बनाउने प्रदेशसभाले गरेको निर्णयको स्वागत गर्दै जिल्लाका विभिन्न स्थानमा दिपावली गरिएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला कमिटि दाङले घोराहीको शहिदगेटमा दिपावली गरेको छ भने दाङ राजधानी सरोकार समितिले जिल्लाका विभिन्न स्थानमा दिपावली गरेको छ ।
नेकपा दाङ जिल्ला कमिटिले गरेको दिपावली कार्यक्रममा प्रदेश कमिटि अध्यक्ष ओनसरी घर्तिको पनि सहभागिता रहेको थियो । १२ वटै जिल्लाको मध्यविन्दुमा पर्ने दाङको भालुवाङलाई राजधानी घोषणा गरेकोमा प्रदेश सरकारलाई घर्तिले धन्यवाद समेत दिईन् । “१२ वटै जिल्लाको लागी पायकपर्ने, सामरीक हिसावले उत्तम, चार जिल्लाको संगमस्थल र भर्जिन ल्याण्डमा राजधानी बनाउन सफल भएको प्रदेश सरकार सफल भएको छ” घर्तिले भनिन् । भालुवाङलाई राजधानि बनाउन भुमिका खेल्नुहुने सवै नेताहरुलाई धन्यवाद दिदै नेकपा प्रदेश अध्यक्ष घर्तिले अव बुटवल आर्थिक राजधानी बन्नेमा दुईमत नरहेको बताईन् । त्यस्तै नेकपाका दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले गौतमबुद्धको जन्मस्थल लुम्वीनिको गरिमालाई उचो बनाउने कार्य प्रदेशको नामाकारण गरेर प्रदेश सरकारले गरेको बताए । त्यस्तै पुर्वको नवलपरासी देखी पश्चिमको बर्दिया र उत्तरको पुर्वि रुकुमदेखी दक्षिणको मर्चवारसम्म सवैको केन्द्र रहेको दाङको भालुवाङलाई राजधानि तोकिनुले सवैक्षेत्रका जनतालाई न्याय भएको बताए । त्यस्तै नेकपाका दाङ जिल्ला ईन्चार्ज जीवन गौतमले प्रदेशको नामाकरण र राजधानि तोकेर पैदेश सरकारले संघियतालाई स्थापित गरेको बताए ।
त्यस्तै दाङ राजधानी सरोकार समितिले मंगलवार साँझ ६ बजे एउटै समयमा जिल्लाका ६ स्थानमा दिपावली गरेको जनाएको छ । सरोकार समितिका संयोजक सविन प्रियासनले पश्चिम हापुरे बजारको विच चोक, तुलसीपुरको विरेन्द्र चौक, घोराहीको सहिदगेट चौक, लमहिको ठुलो भवन अगाडी, भालुवाङको कृष्णशेन चौक र गढवाको गढवा चौकमा दिपावलि गरिएको जानकारी दिए । घोराहीको सहिदगेट चौकमा गरिएको दिपावलीमा तीनबर्ष अगाडीको दाङवासीको चाहाना पुरा भएको भन्दै नाचगानका साथ दिपावली गरिएको थियो । घोराहीको शिववस्ती टोलवाट निस्किएको बाजागाजा सहितको ¥याली तुलसीपुर चौक हुदै शहिदगेटमा पुगेर दिपावली गरेको हो । दिपावली पछिको कोण सभालाई सम्वोधन गर्दै दाङ जिल्ला उद्योगवाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले सरोकार समितिको आन्दोलनले ३ वर्षपछि भएपनि सार्थकता पाएको बताएका छन् । “प्रदेशका १२ वटै जिल्लाको पायकपर्ने स्थानमा हामीले दावि गरेको स्थानलाई प्रदेशसभाले निर्णय गरेर न्याय गरेको छ” उनले भने ।
यसैविच जिल्ला समन्वय समिति दाङले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ दुईतिहाई मतले पारित भएकोमा स्वागत गरेको छ । जिल्ला समन्वयका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमु्ख श्रीधर शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयलाई स्वागत गरेकाहुन् । जारी विज्ञप्तिमा समसामयिक विकास, जनताको कदर, संघीयताको मर्म र भावना अनुसार प्रदेश ५ का सबै नागरिकलाई पायकपर्ने ठाउँमा राजधानी तोकिनु उपयुक्त भएको बताइएको छ । साथै विज्ञप्ति मार्फत स्थायी राजधानी तोक्न भूमिका खेल्ने मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु र प्रदेश सभामा मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।