© २०२३
सल्यान, ३२ जेठ । जीपको ठक्करबाट सल्यान श्रीनगरमा दुई जना पैदल यात्री घाइते भएका छन् । लु १ ज ३९२८ नम्बरको जीपले दुई जना महिलालाइ ठक्कर दिएको थियो ।
ठक्करबाट शारदा नगरपालिका वडा नम्बर १४ निवासी अन्दाजी २२ वर्षीय योजना कुंवर वि।क र उनको दिदी सोही नगरपालिकाको वडा नम्बर ६ निवासी हिरा कुंवर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको हात र खुट्टामा गहिरो चोट लागेको छ ।
घाइते दुवै जनाको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । ठक्कर दिने जीप र चालकलाइ प्रहरिले नियन्त्रणमा लिएको छ ।