ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

काम नगर्नेलाई ‘कोरोना गतिलो बाहना’

१६ आश्विन २०७७, शुक्रबार
१६ आश्विन २०७७, शुक्रबार

काम गर्न नसक्नेहरुका लागि कोभिड १९ को गतिलो बाहना भएको छ । काम नभएका, रोकिएका र शुरु नभएका कामलाइ सरकारी कार्यालयहरुले कोभिडको बाहना बनाउने गरेका छन् । चैत्र ११ गतेदेखि कोभिडको बढी प्रभाव नेपालमा परेको भएपनि सरकारी कार्यालयहरुले भने आर्थिक बर्षको साढे ८ महिना बित्दासम्म शुरु नभएका कार्यक्रमलाई कोभिड भन्दै तर्किने गरेका छन् ।

त्यसैमध्येको शुरु नभएको एक कार्यक्रम हो प्रदेश ५ सरकारले घोषणा गर्दा बहुचर्चित बनेको कार्यक्रम ‘पढ्दै कमाउदै कार्यक्रम’ । जुन कार्यक्रम आर्थिक बर्ष २०७६/७७ को साढे आठ महिना बित्दासम्म शुरु भएन । तर अहिले प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त कार्यक्रमलाई कोभिड १९ का कारण रोकिएको बाहना बनाउँदै आएको छ ।
कोभिड–१९ (कोरोना भाईरस) को सन्त्रास अहिले पनि छ । तर प्रदेश सरकाले यो बर्षदेखि रोकिएको कार्यक्रम शुरु हुने बताउन शुरु गरेको छ । प्रदेश सरकार भन्छ, गत बर्ष कार्यक्रम कार्यान्वयनको क्रममा कोरोना भाईसरको कारण स्थगन भएका कार्यक्रम यो बर्ष सुरुवात हुदैछ । खासगरी कृषि तर्फका कार्यक्रमहरुलाई यो बर्ष कार्यान्वयनमा ल्याउने गरी कार्य तालिका बनाएर काम सुरुवात गरिएको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयले जनाएको छ ।

कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटाका अनुसार गत बर्ष स्थगन भएका कार्यक्रमहरु यो बर्ष सुरुवात गर्न लागिएको हो । गत बर्ष कोरोना भाईसरको कारण स्थगन भएको ‘पढ्दै कमाउदै कार्यक्रम’ यो बर्ष सुरुवात गर्न लागिएको हो । प्रदेश ५ का विभिन्न कृषि धारको अध्यापन हुदै आएका विद्यालय तथा विश्वविद्यालयमा अध्यायनरत विद्यार्थीहरुले आफ्नो योजना अनुसारको पढ्दै कमाउदै कृषि वा पशुपालन क्षेत्रमा काम गर्ने छन । कृषकसंग कृषि विद्यार्थी नामाकरण गरिएको कार्यक्रमको लागि कृषि विकास निर्देशनालयले १ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन कार्यक्रम कार्यान्वयनको लागि स्नातक वा स्नाकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुले आफ्नो अध्यायन संगै आफुले सिकेको सैद्धान्तीक ज्ञानलाई व्यवहारमा लागू गर्न चाहेमा सरकारले सहयोग   गर्ने छ ।

खासगरी विद्यार्थीहरुले नमुना फर्म स्थापना, नमुना प्रविधि प्रर्दशन तथा अन्य कुनै ठोस कार्यक्रम कृषि वा पशुपालन क्षेत्रमा गर्नुपर्ने कार्यविधि निर्माण गरिएको छ । जसको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

यसरी विद्यार्थीहरुले यो कार्यक्रम अनुसार कृषक, कृषिक समुह, सहकारी वा कम्पनीहरुसंगको सहकार्य वा एकल रुपमा कृषि तथा पशुपंक्षि उत्पादनदशिल कार्यमा सहभागी हुन सक्ने छन । जसको लागि निर्देशनालयले १५ दिनको म्याद राखि सूचना प्रकाशन गर्ने गर्ने । कृषक संग कृषि विद्यार्थी कार्यक्रम सञ्चालन निर्देशिका २०७६ अनुसार विद्यार्थीले अधिकतम १० लाख रुपैयाँ सम्म अनुदान पाउने छ ।

कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटाका भन्छन्–‘यो एउटा नमुना कामको सुरुवात गर्न खोजिएको हो, विद्यार्थीहरु सैद्धान्तिकसंगै व्यवहारिक ज्ञान समेत हुने भएकोले हामीले यो कार्यक्रमको सुरुवात गरेका छौं, गत बर्ष कोभिडको कारण सुरुवात गर्न नसकिएको यो कार्यक्रम यो बर्ष शुरु गर्नेे छौं ।’

विद्यार्थीहरुबाट आएको प्रस्तावको आधारमा सम्बन्धीत विद्यालय वा विश्व विद्यालय, फर्म वा समुह, सहकारी संग सम्झौता गरी सोही अनुसारको भुक्तानी दिने कार्यविधिमा उल्लेख छ । नमुना फर्म, व्यवसाय वा कुनै उद्यमी कृषि वा पशुपालन संग सम्बन्धीत विद्यार्थीहरुले गर्दा अन्य किसानहरुले समेत सिक्ने थलोको रुपमा विकास हुने, सैद्धान्तीक कुरा व्यवाहारिक रुपमा कार्यान्वयन गर्दा थप सहयोगी हुने भएको कारण यो कार्यक्रम ल्याइएको कृषि विकास निर्देशनालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?