© २०२३
बुटवल,२७ जेठ । जनता समाजवादी पाटी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ।
विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न दिउँसो १ बजे बैठक बोलाइएको केन्द्रीय विभाग प्रचार प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपाले आगामी असार १० देखि १२ गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीम प्रथम विधान अधिवेशन आह्वान गरेको छ। विधान अधिवेशनमा सहभागी हुने ७ सय ७८ जना प्रतिनिधिको यसअघिको केन्द्रीय समिति बैठकले टुंगो लगाइसकेको छ ।
बैठकमा गएको गत आमनिर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउने नेता प्रदीप यादवले जानकारी दिए। प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने उनले बताए।