ट्रेंडिंग:

>> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने

गुल्मीमा चल्यो लामो तथा छोटो दुरीका सवारी साधन

४ आश्विन २०७७, आईतवार
४ आश्विन २०७७, आईतवार

गुल्मी जिल्लामा आईतबारदेखि यातायात सेवा सुचारु गरिएको छ । कोभिड–१९ का कारण लकडाउन शुरु भएसँगै लामो समयसम्म बन्द रहेका लामो तथा छोटो दुरीका यातायात सेवा सुचारु गरिएको गुल्मी यातायात प्रालीका महासचिव हिमाल कुँवरले बताए ।

नेपाल सरकारकारको मन्त्री परिषदको निर्णय वमोजिम स्वास्थ्य मन्त्रालयको सम्पूर्ण मापदण्डलाई पालना गर्नेगरि जिल्लामा यात्रुहरुलाई सेवा प्रदान गर्न लागिएको व्यवसायीहरुले बताएका छन् । जिल्लामा संचालनमा आएका पश्चिम नेपाल वस व्यवसायी संघ प्राली, गुल्मी यातायात प्राली, रेसुंगा यातायात प्राली लगायतका व्यवसायीक संस्थाहरुले विगतमा तोकेको भाडादरमा पचास प्रतिशत वृद्धि गरि नयाँ भाडादर अनुसार यात्रुहरुलाई सेवा दिन शुरु गरेका हुन् ।
व्यवसायीहरुले सवारी साधनहरु संचालन गर्दा यातायातको सिट क्षमतामा कटौटी गरि आधा यात्रुहरु मात्र राखेर कोरोनाको संक्रमणवाट जोगिनका लागि पूर्ण रुपमा सुरक्षाको मापदण्डलाई पालना गरि लामो समयपछि सेवा सुचारु गरेका हुन् ।

यातायात व्यवसायीहरुले आईतवार सदरमुकाम तम्घासवाट बुटवल र काठमाण्डौंका लागि सवारी साधनहरु छुटाएपनि यात्रुहरुको उपस्थीति भने अत्यन्तै न्यून रहेको पश्चिम नेपाल वस व्यवसायी संघ प्राली गुल्मी शाखा प्रमुख महेश काउछाले बताएका छन् ।

कोरोना संक्रमणको त्रासले अत्यावश्यक काम बाहेक अन्य मानिसहरु गन्तव्यमा ननिस्केका कारण पनि सवारी साधनहरुमा केही समय यात्रुहरुको चाँप कम हुने व्यवसायीहरुले बताएका छन् । अत्यावश्यक काममा यात्रा गर्दा निकै महंगो मुल्यमा प्राईभेट सवारी साधनहरु भाडामा लिएर यात्रा गर्न वाध्य बनेका गुल्मेलीहरुका लागि सरकारले सार्वजनिक यातायातका साधनहरु संचालन गर्न अनुमति दिएपछि सर्वसाधारणहरुले ठूलो राहतको अनुभूति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?