© २०२३
काठमाडौं,२३ जेठ । नेकपा एमालेले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीको जवाफ मागेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदबाट करका दरको विषयमा उठेको प्रश्नमा चित्तबुझ्दो जवाफ दिन माग गरे ।
गिरीले अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्यो होइन भने संसदीय छानबिन समिति बनाएर छानबिन गराएर अगाडि बढ्नुपर्ने माग गरे ।
उनले बजेट निर्माण हुनुअघि मध्यवर्गीहरूले चढ्ने ११ सय गाडी नेपाल भित्रिएको बताए ।
महंगा गाडीमा भन्सारशुल्क खासै बढाइँदैन । तर, मध्यमवर्गीयहरूले चढ्ने गाडीमा भन्सार शुल्क बढाइन्छ । ती सबै कुरा कसरी भइरहेका छन् । आम जनताले जान्न चाहेका छन् । आज १५ प्रतिशत अन्तशुक्ल र भन्सार शुल्क बढेका साना गाडीहरू छन् । ती साना गाडीहरुमा ११ सय गाडी भित्रँदा राज्यलाई ९३ करोड नोक्सान हुन पुगेको छ ’ गिरीले भने ।