ट्रेंडिंग:

>> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान

अखण्ड भारतको नक्साविरुद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र

२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

बुटवल,२३ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

युवा संघ रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेत नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै नेपाली भुमीलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृती प्रति गम्भिर हुन आग्रह गरिएको छ।

युवा संघ रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत ज्ञापन पत्र बुझाउदै भारतले आफ्नो संसद भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भएपनि प्रधानमन्त्रीको भारत भ्रमणमा उक्त बिषय नउठाईएको भन्दै आपत्ती जनाएको छ। युवा संघले बुझाएको ज्ञापन पत्रमा भारतले नेपालको भुभाग समेटेर बनाएको नक्सा सच्याउने पहल गर्न नेपाल सरकार संग माग गरिएको छ।

ज्ञापन पत्रमा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भुभागको रुपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागको सट्टा पट्टा गर्न सकिने भनी दिएको अभिब्यक्ती गैर जिम्मेवारपुर्ण भएको उल्लेख छ। युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदेशी प्रभुलाई खुसी पार्न भ्रमणको सम्मुखमा सार्वभौम संसदलाई छलेर निस्कृय भैसकेको नागरिकता बिद्येयक प्रमाणिकरण गरिएको प्रति आपत्ती जनाएको छ।
यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीहरु माथै हदै सम्मको कार्वाही गर्न बिज्ञप्तीमा माग गरिएको छ। कार्यक्रममा युवा सघका केन्द्रीय सदस्य कल्पना पाण्डे मगर ,प्रदेश कमिटि सदस्य कृष्ण मल्ल ठकुरी , जिल्ला उपाध्यक्ष दिपक खडकी ,सचिब दिपेस कंडेल सह सचिब नबराज थापा ,कोषध्यक्ष नारायण थापा लगायत नगर कमिटि सदस्यहरुको सभभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?