ट्रेंडिंग:

>> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम

लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीको कार्यालय भवन भैरहवामा बनाउन शुरु

२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

बुटवल,२३ जेठ ।   जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवामा  कार्यालय भवन निर्माण सुरु गरेको छ । लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै शेयर सदस्य रहेको सहकारीको हाल तिलोत्तमा १५ कोटिहवामा आफ्नै केन्द्रीय कार्यालय भवन छ ।

यसअघि नै सहकारीले सिद्धार्थनगर नगरपालिका–८ स्थित शिवपथमा आफ्नै स्वामित्वको ४३ धुर जग्गामा १२ करोड लगानी गरेर अत्याधुनिक अर्को कार्यालय बनाउने योजना अघि सारेको थियो ।

तर वर्तमानको आर्थिक मन्दीका कारण ठूलो लगानीमा भवन बनाउन उपयुक्त नहुने निश्कर्षसहित सहकारीले ३७ लाख रुपैयांमा भवन बनाउन लागेको हो ।

भवनको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी र सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।   असोजसम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त भवनमा सहकारीको भैरहवा स्थित पहुँच सेवा केन्द्र पनि रहने संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

कार्यालय भवन शिलान्यास गर्दै नगर उपप्रमुख अधिकारीले आम सर्वसाधारणको पहुंचमा सजिलै पुग्न सक्ने सहकारी नै भएकाले यसको महत्व बढिरहेको उल्लेख गर्दै सहकारीको मूल्य मान्यता अनुसार अघि बढ्न आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि।क।ले पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएकाले स्थानीय सरकार चनाखो भएर अनुगमन बढाउनुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले स्थापनाकालदेखि जनउत्थान सहकारीले राम्रो काम गर्दै आएको बताए । सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले उत्कृष्ट व्यवस्थापन र शेयर सदस्यको निरन्तर निगरानीका कारण संस्था यहाँसम्म आइपुगेको बताए ।
उनले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार अगाडि बढ्ने बताए । सहकारीकी भैरहवा पहुँच सेवा केन्द्र संयोजक शान्ति अधिकारीले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार संस्था अघि बढ्ने बताइन् ।

३१ जना सदस्यहरुबाट सुरु भएको सहकारीमा हाल ४० हजार जना शेयर सदस्यहरु र संस्थाको पुँजी ३ अर्ब २९ करोड र जगेडा कोषमा २४ करोड रहेको सहकारीका मुख्य प्रबन्धक रन बहादुर थापाले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पाँच जना बेरिकेड हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा ३ वटा विद्यालयलाई विद्यालय विकास अक्षयकोष, ३ वटा आमा समूहलाई आमा समूह विकास अक्षयकोष, ३ वटा युवा क्लबलाई युवा विकास अक्षयकोष, नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमा–१४ कोटिहवालाई अनाथ आश्रम अक्षयकोष हस्तान्तरण गरिएको थियो । त्यसै गरी ७ वटा महिला समूहलाई सरसफाई सामग्री डस्टबीन हस्तान्तरण गरिएको समूहले जनाएको छ ।
कार्यक्रममा ऋण बीमा हस्तान्तरण समेत गरिएको सचिव सरु रानाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?