© २०२३
परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले कोभिड विरुद्धको लडाई सरकारको मात्र नभएको बताएका छन् । उनले यो लडाईमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताए । यो लडाई केवल सरकारको मात्र लडाई नभएको भन्दै उनले सबै नागरिकलाई सतर्क, सचेत र जारुक सहयोगको लागि आग्रह समेत गरेका छन् । मन्त्री ज्ञवालीले यो लडाई हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने लडाई पनि नभएको बताए ।
गुल्मीको सदरमुकाम तम्घासमा बिहिवार कोभिड–१९ परिक्षण प्रयोगशाला ल्यावको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् । वर्तमान सरकारले स्वास्थ्यको क्षेत्रमा प्रयाप्त ध्यान दिदैं कोभिडका कारण बिग्रन लागेको अर्थतन्त्रलाई लयमा फर्काउन र विदेशवाट फर्केका वेरोजगारहरुलाई रोजगारी प्रदान गर्नतर्फ लागेको जानकारी गराए ।
परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले सरकारले ७ प्रतिशतको दरले आर्थिक वृद्धिदर र १.५ प्रतिशतका दरले गरिवी घटाउँदै गएको भन्दै नेपालले सबै सुचकांकहरुमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको जानकारी दिए ।
ं नेपाल सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोना विरुद्धमा लगाउनु पर्ने मूल्यवान समय घरझगडामा वितेको बताएका छन् । सिमा व्यवस्थापन, आर्थिक रिकभरी र कोभिड लगायतका विषयहरुमा घरझगडाका कारण उल्लेखनीय गति लिन नसकेपनि अब पार्टि एकतावद्ध भएसँगै अब यी तीन मुख्य कुराहरुमा फोकस गरिने बताए ।
मुलुकमा राजनीतिक पार्टिहरु सुदृढ हुनु जरुरी रहेको भन्दै उनले आन्तरिक कलहले पार्टि भित्र मात्र हैन सबै क्षेत्रलाई असर पुराउने बताए । घर भित्र भाँडा बजेपछि बाहिरि छिमेकीहरुले निकै खुसि मनाएको र धेरैले मुख मिठ्याएको भन्दै मन्त्री ज्ञवालीले नेकपा एकतावद्ध बनेर अघि आएको कारण यो सबैका निम्ति खुसिको विषय भएको बताए ।
ज्ञवालीको पहलमा गत दुई महिना अघि हिमालय एरलायन्सले गुल्मीमा निशुल्क रुपमा पिसीआर मेशिन उपलब्ध गराएको थियो । उक्त पिसीआर मेसिनमा प्राविधिक समस्या आएका कारण गत महिना फिर्ता पठाएपछि हिमालय एरलायन्सले पुनःअर्को पिसीआर मेशिन उपलव्ध गराएको हो । रेसुंगा नगरपालीकाको व्यवस्थापीय सहयोगमा गुल्मी जिल्लामा संचालनमा ल्याउन लागिएको उक्त पिसीआर ल्याव यसै सातादेखि संचालनमा आउने गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यले जानकारी गराएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा जिल्लामा निशुल्क रुपमा उक्त पिसिआर मेशिन उपलव्ध भएसँगै गुल्मीवासीहरु पिसिआर परिक्षणका लागि बुटवल, पोखरा र काठमाण्डौं पठाउनु पर्ने समस्यावाट मुक्त हुने भएका छन् ।