© २०२३
बुटवल, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा लामिछानेले सदन सत्तापक्षले पेलेर जाने थलो नभएको बरु सदन प्रतिपक्षको सदन हो भन्दै प्रतिपक्षमाथि सत्तापक्षले दादागिरी नदेखाउन चेतावनी दिए ।
प्रधानमन्त्रीको भारत भ्रमणजस्तो संवेदनशील विषयमा छलफलको लागि ३० सेकेण्ड र १ मिनेट दिएर मजाक गर्न खोजेको रविले उल्लेख गरे ।
उनले भने,परराष्ट्रमन्त्री अखण्ड भारत नक्साबारे फेसबुकमा आएको कुरा हो भन्नुहुन्छ । यहाँ मजाक चलेको छ ।’