© २०२३
बुटवल, २२ जेठ । नेकपा एमालेले मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूँताउन नमिल्ने बताएको छ । उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो भनेर प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए ।
उनले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्ने बताए ।
मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूँताउन नमिल्ने भन्दै सांसद भट्टराईले द्वन्द्वमा मारिएका १७ हजार मान्छेलाई पनि ब्यूँताइदिन प्रधानमन्त्रीसंग आग्रह गरे ।