© २०२३
बुटवल, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको प्रष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए ।
मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन, प्रष्ट होस् कहीँ कोही कम्फ्युजन नहोस् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु भन्दै प्रचण्डले प्रष्टिकरण दिए । प्रधानमन्त्री दाहालले चार दिने भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् ।
उनले भारतीय प्रधानमन्त्रीलाई आफूले पनि नेपाल भ्रमणको निम्ता गरेको उल्लेख गर्दै उपयुक्त समयमा आउने बताएको जनाए ।