© २०२३
बुटवल,२१ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।
न्यौपानेले नेकपा एस कांग्रेस र माओवादी केन्द्रको पुच्छर मात्र भएको र पार्टी विभाजनको औचित्य पुष्टी गर्न नसकेको भन्दै पार्टीबाट राजीनामा दिएका थिए । यसअघि नेकपा एसकै केन्द्रीय नेता केदार न्यौपाने सहितका नेताहरु पनि एमाले फर्किएका थिए ।
नेकपा एसका अर्का उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि केही समयमै एमालेमा फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ ।