© २०२३
लायन्स क्वल अफ बुटवल स्टार्सले रुपन्देही देबदह–७ सितलनगरमा देशकै नमुना जडीबुटी(हर्बल गार्डेन) बनाउने भएको छ । जसको प्रारम्भीक चरणमा उक्तक्षेत्रमा वृक्षरोपण गरिएको छ ।
लायन्स क्लब अफ बुटल स्टार्स ,लायन्स क्लब अफ बुटवल मेट्रो सिटी, लायन्स क्लब अफ बुटवल डायनामिक लेडी, लियो क्लव अफ बुटवल स्टार्सको सयुक्त आयोजनामा देवदह स्मृती पार्क सोमबार वृक्षरोपण गरिएको हो । कार्यक्रममा डिष्ट्रिक गर्भनर सुनिल ओझाले बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन । कार्यक्रमा बोल्दै उनले हर्बल गार्डेन राम्रो प्रोजेटको भएको र यसले इन्टरनेशन जगतमा समेत राम्रो सन्देश जाने बताए । क्लबका अध्यक्ष एम्.एल्.पाण्डेले हर्बल गार्डेन क्लबको ठुलो प्रोजेक्टका रहेकाले १ बर्ष अगाडी देखिनै गुरुयोजना अनुसार लागेको जानकारी दिए ।
कार्यक्रमको संयोजक गोकुल तिवारीले १ बर्ष अगाडी ५ लाख बराबरको भैतिक पूर्वाधार लागी लगानी भएको र यो बर्ष ८लाख बारको लागेको बताए । कार्यक्रमा पूर्व डिष्ट्रिक गर्भनर महेन्द्र नाराण श्रेष्ठले हर्बल गार्डेनले पर्यटक भित्राउन सक्ने बताए ।
पूर्व डिष्ट्रिक गर्भनर अरुण प्रताप राणाले हर्बल पार्कले गाडी, उधोग बाट निस्कने धुवा धुलो लाई समेत नियन्त्रण गर्नको लागि सहयोग हुने बताएका थिए ।
कार्यक्रमा सिनियर डिष्ट्रिक एडभाइजर सुरेश रत्न बज्राचार्य , सिनियर डिष्ट्रिक एडभाइजर अर्जुन मान सैजु, एरिया–चिफ मेट्रो सिटीका अध्यक्ष बिनोद सुवेदी, डायनामिक लेडी क्लवकी अध्यक्ष शान्ति पाठक पाण्डे, लियो स्टार्स कार्यवाहक अध्यक्ष बिनोद जयसवाल, देबदह नगरपालिका वडा–७ का वडा अध्यक्ष पदम थापा, रिजन चेयर पर्सन सुनिल प्रसाद श्रेष्ठ ,एरिया को–चिफ आशिष कृष्ण श्रेष्ठ ,जोन चेयर पर्सन संन्दिप कसौधन लगायतले जडिबुटी अध्ययन गर्ने केन्द्रका रुपमा बन्ने समेत बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी