© २०२३
बुटवल,१८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका छन्। छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृत्वप्रति कार्यकर्ता स्तरबाटै असन्तुष्टि आएको बताए।
अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको र नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भनेको बताए ।
उनले कार्यकर्ताको सुझावको आधारमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व छाड्न तयार हुनुपर्ने बताए । माओवादी लगायतका दलसंग तालमेल गर्नु ठिक नभएको कार्यकर्ताको निश्कर्ष रहेको थापाले बताए ।
चुनाव जितेर संघदेखि प्रदेश स्थानीय तहसम्ममा नेतृत्व हुँदा समेत पार्टी कार्यकर्ता तहमा व्यापक निराशा छाएको बताए। उनले आगामी निर्वाचनमा सबै दलहरू एकै ठाउँमा उभिएपनि कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने बताए।