ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

जिउँदो मान्छेलाई मृत्युदर्ता प्रमाणपत्र

८ श्रावण २०७५, मंगलवार
८ श्रावण २०७५, मंगलवार

कपिलवस्तुका दुई स्थानीय तहले एक जिउदो महिलाको जग्गा २ पटक अर्को व्यक्तिलाई नामसारी गराउन सिफारिश गरेका छन् । विजयनगर ७ घर भएकी हाल भारतको सिद्र्र्धाथनगर बस्ने ७० बर्षिया साजिदा बेगमको जग्गा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकाले अर्कैको नाममा सिफारिश गरेका हुन ।
शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाले साजिदा बेगमको मृत्यु प्रमाणित गर्दै र निजको हकवाला भन्दै २ जना महिलालाई छुट्टाछुट्टै सिफारिश गरेको हो । खुरुहुरिया १ क र गणेशपुर २ क अन्र्तगत साजिदा बेगमको नाममा नापी भई फिल्डबुकमा रहेको जग्गा भू–माफियाको जालशाजीमा स्थानीय तहले अर्कैलाई सिफारिश गरेका हुन् । जिवित व्यक्तिलाई मृत्यु भएको भन्दै स्थानीय तहले हचुवाको भरमा अर्कैलाई हकवाला बनाई सिफारिश गर्दा वास्तविक जग्गाधनी महिला पिडित बनेकी छिन् । आफ्नो जग्गा अर्कैले हत्याउन लागेको खबर पाएपछि साजिदा चन्द्रौटा स्थित मालपोत कार्यालय आएपछि मात्र उक्त घटना बाहिर आएको थियो ।
करिब २ बर्ष अघि नै शिवराज नगरपालिकाले साजिदा बेगम र उनका श्रीमान गफ्फार खाँको मृत्यु भएको र उनको एक मात्र छोरी खतिबुन निशाको नाममा जग्गा नामसारीको सिफारिश गरेको थियो । गाउँमा गई सर्जमिन मुचुल्काको आधारमा २०७३ पुस ६ गते नगरपालिकाले चन्द्रौटा मालपोतलाई सिफारिश गरयो । तर भू–माफियाले किर्ते छोरी र श्रीमान बनाएर जिवित साजिदाको जग्गा हत्याउने प्रपंच बारे नगरपालिकाले थाहा पाएपछि २०७३ माघ ५ गते अर्को पत्र लेखि तत्काल नामसारी प्रक्रिया रोक्का गर्न आग्रह गरेको थियो । “किर्ते प्रमाणको आधारमा गरिएको सिफारिशमा कमजोरी पाइएपछि सच्चाएका थियौ” तत्कालिन निमित्त कार्यकारी शान्ति सुवेदीले भने । तर तत्कालिन अवस्थामा मृत्यु दर्ता र सर्जमिन गरि सिफारिश गरेका कर्मचारीलाई भने नगरपालिकाले कारवाही गरेन ।
त्यसको १ बर्ष पछि विजयनगर गाउँपालिकाले साजिदा मृत भएको र त्यसको अर्को हकवाला भन्दै सिफारिश गरेको रहस्य खुल्न आएको छ । वडा नं. ७ गणेशपुरले साजिदा बेगमको मृत्यु भएको र उसको नजिकको हकवाला एक मात्र अतिकुन निशा भएको भन्दै निजको सम्पूर्ण जग्गा अतिकुनको नाममा गर्न सिफारिश गरेको छ । वडा अध्यक्ष दिनेश कुमार चौधरीले २०७४ कार्तिक २९ गते चन्द्रौटा मालपोत कार्यालयलाई उक्त सिफारिश फोटो सहित प्रमाणित गरि पठाएका थिए । वडा कार्यालयले २०७४ असार २६ गते मृत घोषित गरिएकी साजिदा बेगमले मालपोत कार्यालयमा निवेदन दिएपछि वडा अध्यक्षले तत्काल सिफारिश अनुसारको काम नगर्न पत्राचार गरेका थिए । तर पुनः २०७५ जेष्ठ २८ गते वडा अध्यक्ष दिनेश चौधरीले साजिदा बेगम बारे सर्जमिन गर्दा निजको मृत्यु भएको भन्दै २०७४ कार्तिक २९ को सिफारिश अनुसार काम गर्न मालपोतलाई पत्राचार गरेका छन् ।
चन्द्रौटा मालपोत कार्यालयले भने ३ वटै निवेदन रोकेर राखेको छ । मालपोत प्रमुख मदन बहादुर जिसीले एउटै जग्गामा ३ जनाको दाबी र २ जना स्थानीय तहले मृतक प्रमाणित गरेको कारण कारवाही प्रक्रिया पेचिलो बनेको बताए । मृत्यु भनिएकी महिला सप्रमाण हाजिर हुने र कागजमा मृत भएको हुदा उक्त मुद्धा अदालतमा पठाउने तयारी भइरहेको जानकारी दिए । यता विजयनगर ७ का वडा अध्यक्ष दिनेश चौधरीले आफुले सिफारिश गरेको साजिदा बेगम वास्तविक भएको र अहिले जिवित भनिएकी साजिदा बेगम भारतीय नागरिक भएको र यसबारे कुनै प्रमाण वडामा नरहेको बताए । “हामीले गाउमा सर्जमिन गरि स्थानीयकै आधारमा मृत घोषित गरेका हौ, अरु नाम मिल्ने कोहि आएमा उक्त जग्गामा दाबी गर्न मिल्दैन” उनले भने । यता पीडित साजिदा बेगमले भने वडा अध्यक्ष तथा केहि व्यक्तिले आफ्नो नक्कली नातेदार बनाई जग्गा हड्पेको आरोप लगाए । आफ्ना श्रीमानको मृत्यु पछि भारतमा अर्कै संग विहे गरि बसेपनि नापी फिल्डबुकमा आफ्नै नाममा जग्गा भएको दाबी गर्दै उनले आवश्यक सबै प्रमाण आफुसंगै रहेको बताइन् । किर्ते गर्ने वडा अध्यक्ष तथा कर्मचारी सहित व्यक्तिहरुलाई पनि कारवाही गर्न साजिदाले माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission