ट्रेंडिंग:

>> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न पूर्व मुख्यमन्त्री गिरीको आग्रह

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल,१७ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको बर्तमान अबस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनिय रहेको बताएका छन् ।
नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको ५४ औं उड्व्याज तथा ४५औं गर्ल एड्भान्स तालिमको बुधबार बुटवलमा उद्घाटन गर्दै नेता गिरीले समुदायमा रहेका युवा तथा बालबालिकाको सामाजिक, मानसिक तथा शारिरीक तवरले राष्ट्रनिर्माणका लाग्न सक्ने जनशक्ति तयारगर्न सक्षम रहने बताए ।
नेता गिरीले स्काउटले बालबालिकाहरुमा सानै उमेरदेखि सहासिक क्रियाकलाप, विपद् व्यवस्थापन र सामुदायिक कार्यमा लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उच्च प्रसंशा पनि गरे । देशलाई समस्या परेका बेला उद्दार, राहत लगायतका कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिंदै आएको उनको भनाई थियो ।
नेपाल स्काउटले बर्तमान समाजमा देखिएको धमिलो वातावरणका बिरुद्ध अनुशासित, कर्तव्यनिष्ठ नैतिकवान र असल नागरिक तयार गराई सामाजिक दायित्व पुरागर्ने नागरिक तयार गर्नमा स्काउट सक्षम रहने गिरीको विश्वास छ ।
उद्घाटन कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र धोजुले राज्यको संघिय संरचना साथै नेपाल स्काउटको संरचनामा पनि ब्यापक परिवर्तन भएको बताए । स्काउट कार्यक्रम एक सामाजिक शैक्षिक कार्यक्रम भएकोले जन प्रतिनिधि, शिक्षासंग संबन्धित संघ सस्था, नागरिक समाज लगायतको सहयोगमा दक्ष्य नागरिक तयार गर्ने लक्ष्य रहेको प्रशिक्षक धोजुले बताए ।
नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेशमा सन् २०३२ सम्ममा १ लाख ३८ हजार स्काउट सदस्य बनाई एक घर एक स्काउट साथै एक बिद्यालय एक युनिट तयार गरि समाज परिवर्तनमा टेवा पुर्‍याउने लक्ष्य प्रदेश स्काउट कार्यालय बुटवलले लिएको बताए । उनले यो बर्ष प्रदेशका १२ वटै जिल्लामा गरि जम्मा ८ सय ४५ जनालाई बि।टि।सी। र पि।टि।सी। तालिम दिइएकाृ सो को आधारमा सदस्यता बृद्धि अभियानलाई तिब्रता दिने बताए । उनले आगामी दिनमा प्रदेश स्तरीय क्याम्प संचालन गरि स्काउटका क्रियाकलापलाई अगाडि बढाउने बताए ।
यहि जेष्ठ १६ देखि २२ गतेसम्म चल्ने आवासिय तालिममा लुम्बिनी प्रदेशका १२ जिल्ला साथै बाग्मती प्रदेश, र गण्डकी प्रदेशका गरि जम्मा ४५ जना मध्ये २६ जना पुरुष र १९ जना महिला गरि रहेको स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको भनाइ थियो । यसै अवसरमा लुम्बिनी प्रदेश संयोजक भट्टराई र पवन कोइरालाले गिलविल स्कार्फ र उडब्याज प्राप्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्काउटका प्रदेश कार्यालयका प्रमुख तारा पुरीले गरेका थिए ।
के हो नेपाल स्काउट रु
नेपाल स्काउट २००९ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको जेठो संस्था हो । आफ्नै उद्देश्य, मुल्य र मान्यता भएको यो अन्तर्राष्ट्रिय कार्यक्रमका पुरुष विभाग र महिला विभाग गरी संसारभर दुई शाखा छन् । हाल विश्वका १७० देशमा ब्वाय र १५० देशमा गर्ल स्काउट राष्ट्रिय संस्थाहरु छन् । विश्वभर यी संस्थाका पाँच करोड व्याय स्काउट र एक करोड गर्ल स्काउट सदस्यहरु रहेको बताइन्छ ।
स्काउट संस्था विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था हो । विधान, नियम र व्यवस्थाहरु सरकारले निर्धारण गरेको यो संस्था शुरुदेखि नै स्वयमसेवीहरुबाट संचालित छ । यसका विधान, नियम, विनियमहरु समयानुकुल आवश्यकता अनुसार संशोधन एवं परिमार्जित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?