© २०२३
बुटवल,१७ जेठ । मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारी र सदस्यलाई जिल्ला समिति रुपन्देहीले सम्मान गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पासहित पदाधिकारी र मदिरा व्यवसायी संघ रुपन्देहीका पदाधिकारीले प्रदेश अध्यक्ष शम्भु भट्टराई नेतृत्वको समितिलाई सम्मान गरेका हुन् ।
हालै सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा हरिललाल न्यौपाने, सचिवमा नारायण पछाई, कोषाध्यक्षमा मुक्तिप्रसाद श्रेष्ठ निर्वाचित भएका थिए ।
सम्मान कार्यक्रमका सहभागी वक्ताहरुले भारतीय मदिरा सस्तो हुने र सीमा नाकाबाट भन्सार छलेर निर्वाधरुपमा आयात हुंदा नेपाली व्यवसायीहरु मर्कामा परेको बताएका थिए । केन्द्रीय अध्यक्ष शेर्पाले अबको कार्यकालमा व्यवसायीका समस्या समाधानमा धेरै काम गर्ने प्रतिवद्धता जनाए ।
प्रदेश अध्यक्ष भट्टराईले व्यवसायीहरु एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने र व्यवसायीहरु पनि इमान्दार हुनुपर्नेमा जोड दिएका थिए । संघका पुर्व महासचिव एवं कम्पनि प्रतिनिधि प्रितम गिरी,जिल्ला समितिका महासचिव किशोर पन्थी लगायतले सरकारको गलत नीतिका कारण मदिरा व्यवसायी धराशायी हुने अवस्थामा पुगेको गुनासो गरेका थिए ।