© २०२३
बुटवल,१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा राज्यमन्त्री लेखीले स्वागत गरेकी हुन् । करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न
दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।