© २०२३
बुटवल,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिले आज प्रमाणिकरण गरेको नागरिकता विधेयक राष्ट्र हित विपरित रहेको बताएका छन् ।
नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको लामिछानेले बताएका छन् । नेकपा एमालेका नेता सुवास नेम्बाङले पनि गलत बाटोबाट राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरेको बताएका छन् ।