© २०२३
बुटवल,१७ जेठ । १२० जनाको जम्बो टोलीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् ।
भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित झण्डै १२० जना रहनेछन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो ।
भारत भ्रमणमा जानेमध्ये २५ जना उच्चस्तरीयको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उनीहरूमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
स्रोतका अनुसार ५० जनाको आसपासमा व्यवसायी र १३ जना सञ्चारकर्मीहरू निजी खर्चमा जानेछन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् ।
भारतलाई बिद्युत् विक्री तथा बङ्गलादेशलाई बिद्युत् बिक्रीका लागि बाटो खुल्ला गरी दिनेलगायतको विषयमा छलफल हुने जनाइएको छ ।