ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

बाँदर : किसानको लागि समस्या र नियन्त्रणका केही उपायहरु

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

पृष्ठभूमि

नेपाल एक कृषि प्रधान देश भएकोले करिब ६६ प्रतिशत नेपालीहरुको बाँच्ने आधार नै कृषि व्यवसाय हो । कृषि व्यवसायले विस्तारै फड्को मार्दै जान लागे तापनि यसबाट आशातित उपलव्धि भने हासिल गर्न सकिएको छैन । यसका कारणहरुमा उन्नत जातको बढी उत्पादकत्व दिने गुणस्तरीय बीउबिजन, मलखाद, सिँचाइ, कृषि ज्ञान र सीप जस्ता समस्याहरु भए तापनि जंगली पशुपन्छीहरु जस्तै बाँदर, हात्ती, गैँडा, बँदेल, सुगाको पनि बढी नै समस्या देखिएको छ । बाँदर नियन्त्रण कार्य संघ, प्रदेश वा स्थानीय पालिकामध्ये कुन तह अन्तर्गत पर्दछ यस बारेमा किसान अनभिज्ञ नै छन् र बाँदरकै कारण एक जटिल बेदनामा छट्पटिएर बस्न बाध्य छन् । त्यसैले, अहिले बाँदरको प्रकोप बढ्दो अवस्थामा भएकोले किसानहरुको सहयोगको लागि यस लेखमा बाँदर, यसबाट परेको असर तथा समस्या र नियन्त्रणका उपायहरुको बारेमा चर्चा गर्न गरिएको छ ।

बाँदर र बाँदरका किसिम

बाँदर स्तनधारी जनावर हो जो मानव बस्ती नजिकैको वन–जंगल तथा बगैँचाहरुमा बस्न मन पराउँछ । हिन्दु तथा बुद्ध धर्मावलम्बीहरुले बाँदरलाई भगवानको रुपमा लिन्छन् । उदाहरणको लागि हनुमानलाई लिन सकिन्छ, जुन चलाख र फुर्तिला हुन्छन् । त्यसैले विभिन्न मठ तथा मन्दिरहरुमा पुजाआजामा जाने भक्तजनहरुले त्यहाँ आसपासमा भएका हनुमानको मूर्तिहरुमा पनि पुजा गर्ने गर्दछन् । तर नास्तिकहरुले भने यो भनाइ तथा गराइलाई मिथ्याको रुपमा लिन्छन् ।

विश्वमा २७० भन्दा बढी किसिमका बाँदरहरु पाइने रहेछ । तीमध्ये नयाँ विश्व (अमेरिका) १३० जातभन्दा बढी र पुरानो विश्व (अफ्रिका, एशिया) मा भने १३८ जातका बाँदरहरु पाइने रहेछ । नेपालमा भने रातो बाँदर, आसामे बाँदर र हनुमान लंगुरे बाँदर बढी मात्रामा पाइन्छ । नेपाल समयमा पुस १६, २०७४ मा प्रकाशित समाचार अनुसार एक झुण्ड बाँदरमा ५३ वटासम्म भएको तथ्य पाइएको छ ।

बाँदरको प्रयोग

कतिपय दक्षिण एशिया, अफ्रिका तथा चीनमा भने बाँदरको मासु तथा गिदी पनि खाने गर्दछन् । तर इस्लामिक खानामा भने बाँदरको मासु बर्जित नै गरेको पाइन्छ । नेपाली भान्सामा पनि बाँदरको मासु निशेधित छ । बाँदर र मानव शरीरको बनावट एकै किसिमको भएको हुनाले कुनै पनि जोखिमयुक्त अध्ययन तथा परीक्षण जस्तै नयाँ औषधी परीक्षण बाँदरमा गरिएको हुन्छ । यसको अलावा बाँदरको प्रयोग सिनेमामा पनि प्रयोग भएको पाइन्छ ।

नेपालमा बाँदर पाइने क्षेत्रहरु

नेपालमा बाँदरहरु यत्रतत्र सर्वत्र तराईदेखि हिमाली क्षेत्र, पूर्वदेखि पश्चिम, शहरदेखि ग्रामीण क्षेत्रमा पाइन्छ । तापनि हिजो आज जंगलमा खाने कुराको अभावका कारण शहर तथा मानिसको बस्ती वरिवरि झुम्मिएर किसानहरुमा एक किसिमको आतंक नै सिर्जना गरेको छ । शहरी क्षेत्र जस्तै काठमाडौँमा यिनीहरुको उपस्थिति पशुपतिनाथ, गोकर्ण जंगल, स्वयम्भूनाथ, थापाथली मन्दिर आसपास, साँखु, शिवपुरी क्षेत्रमा पाइन्छ । शहरी क्षेत्रमा यिनीहरु मन्दिरमा पुजा गर्नजाने भक्तालु तथा बटुवाहरुले दिएका खाना खाएर बाँच्दछन् । कहिलेकाहीँ भने उनीहरुको झोला तथा खाना खोस्ने, झगडा गर्ने हुँदा कतिपय व्यक्तिले त निकै नै ठूलो सास्ती तथा क्षति पनि बेहोर्नुपर्दछ । त्यस्तै गरेर, ग्रामीण क्षेत्रमा बस्ने बाँदरहरुको बासस्थान भनेको मानिसहरुको बस्ती नजिकैको वनजंगल तथा बगैँचाहरु नै हुन् । ग्रामीण क्षेत्रमा पाइने बाँदरहरुको लागि खानाको दर्बिलो स्रोत भनेकै वनजंगल, नदीनाला र किसानको खेतिपाति नै हो तापनि कहिले काहीँ मौका छोपेर घर तथा पसल पसेर खाना चोरेर खाने र विध्वंश मच्चाउने काम समेत गर्दछ ।

बाँदरको आहारा

विश्वमा भएका बाँदरको आहारा बाँदरहरुमा भर पर्दछ । कुनै किसिमको बाँदर बिरुवा मात्र खान मन पराउँछन् भने कुनै किसिमका बाँदरहरु भने जनावर तथा बिरुवाजन्य खाद्य स्रोतमा भर पर्दछन् । यिनीहरुले खाने आहारामा कीरा, अण्डा, गंगटा, झिंगेमाछा, भ्यागुता, माउसुली, शंखेकीरा, माकुराको साथै बिरुवाको पात, डाँठ, फूल, फल, अन्न, बीउ, जराजुरी, रुखको बोक्रा, रुखको रस, तरकारी, मुना, काँचो फल, घाँस, आदी पर्दछन् । तर करेला र कुभिण्डो जस्ता बालीहरु भने यिनीहरुले खाँदैनन् ।

बाँदरबाट हुने असर तथा समस्याहरु

नेपालमा पहिला पहिला वनजंगल तथा बगैँचामा विभिन्न किसिमका फलफूलहरु जस्तै आँप, कटहर, चिउरी, ठोट्ने, खनायो, जमुना, क्यामुना, काफल, चौतारीका स्वामी, वर र पिपलजस्ता बिरुवाका फलहरु फल्दथे र बाँदरहरु पनि त्यसैमा भुल्दथे र पो किसानको खेतबारीमा बिरलै दुख दिन्थे । तर हिजोआज वनजंगल विनाश, बाढी–पहिरो, सडक निर्माण कार्यले परापूर्वकालमा निर्माण गरिएका बगैँचा तथा चौताराहरु प्रायः ध्वस्त भइसकेका छन् र खण्डहर डाँडापाखामा विगतमा वृक्षारोपण गरे तापनि फल नफल्ने बोटहरु जस्तै सल्ला लगाउने चलन चल्यो । यसले गर्दा उनीहरुको बासस्थान वनजंगलभन्दा पनि किसानको खेतबारी तथा घर आँगन हुन थाल्यो जहाँ सजिलैसँग उनीहरुले खाना पाउँदछन् ।

नेपालमा बाँदरले किसानका बालीहरु जस्तै खाद्यान्न, फलफूल, दलहन तथा तरकारी बालीहरुमा क्षेती पु¥याएको हुन्छ । तर करेला र कुभिण्डो जस्ता बालीहरुमा भने यिनीहरुले खाएर क्षेती पु¥याएको पाइन्न । तर “बाँदरले आफूले गुँड पनि बनाउँदैन र अरुले बनाएको गुँण पनि भत्काउँछ” वा “बाँदरको हातमा नरिवल” भने झैँ कतिपय वस्तुहरु नखाए तापनि बिगारिदिने, फाल्दिने, बिगारिदिने, बिजुलीका तारहरु काटिदिने, पसलका सामान तथा सुकाएका विस्कुन नष्ट गरिदिने तथा हिँस्रक बन्ने गर्दछन् । कतिपय अवस्थामा त यदि घरमा झ्याल ढोका बन्द नगरी बाहिर कतै गएमा सोही मौका छोपी बाँदरको हुल घरभित्र पसी त्यहाँ भएका खानेकुरामा राईँदाईँ गरेको पाइन्छ ।

सुदूर पश्चिम प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि दशरथचन्द्र नगरपालिका क्षेत्रमा बाँदरबाट कति किसानहरु प्रभावित भएका छन् त भनेर बाँदरकै विज्ञ प्रा.डा. मुकेश चालिसे नेतृत्वको टोलीले ७५ परिवारमा गरेको अध्ययनमा ६८ परिवारको बालीनाली नष्ट गरेको पाइएको छ भने ४५ घर परिवारमा राखेको सामान नष्ट गरेको पाइएको छ भनेर नेपाल समयमा पुस १६, २०७४ मा एक समाचार प्रकाशित भएको छ । यस अध्ययनले पनि के देखाउँछ भने किसानहरु बाँदरबाट निकै नै प्रताडित भएर बाँच्न परेको अवस्था छ ।

बाँदरबाट खेती जोगाउन मानिसहरु कुरुवा बस्नुपर्ने भएकोले अहिले कतिपय स्थानहरुमा त सामाजिक कार्यहरु जस्तैः विवाह, ब्रतवन्ध, मृत्युसंस्कार, पुजाआजा, आदिमा जुटेर सहयोग लिने काममा समस्या परेको अवस्था छ । कहिले काहीँ त बाँदरको आक्रमणबाट महिला, वृद्धा र केटाकेटीहरुमा ठूलो क्षति पुगेको हुन्छ । अहिले बाँदरको कारण समयमा चियापान, खाना, खाजा तथा पानी पनि पिउन पाएका छैनन् । त्यसमाथि ग्रामीण भेगमा युवाहरुको अभावमा ८० वर्षे वृद्धाहरु बाँदर कुर्न एक्लै बारीमा बस्न वाध्य भएको दर्दनाक अवस्था छ । त्यसैले, बाँदरले पारेको असरबाट किसानहरु वाक्क र दिक्क भएका छन् । दिनप्रतिदिन यस्ता क्षतिको दर बढ्दो क्रममा भएकोले किसानहरुको लागि बाँदर नियन्त्रण निकै नै चुनौतीको विषय बनेको पाइन्छ । कतिपय पालिकाले त यसको नियन्त्रणको लागि वार्षिक बजेट नै छुट्टयाएको पाइन्छ ।

बाँदर नियन्त्रणका केही उपायहरु

बाँदर नियन्त्रणको लागि निम्नानुसारका विभिन्न उपायहरुको अवलम्बन गर्न सकिन्छ । कतिपय अवस्थामा कुनै एक विधिले मात्र पनि काम गरेको छ भने कतिपय अवस्थामा एकीकृत व्यवस्थापन विधि अपनाउँदा बढी प्रभावकारी भएको पाउँछौँ । त्यसैले, यहाँ यिनै केही विधिहरुको चर्चा परिचर्चा गरिएको छ ।

१. खेती प्रणालीमा परिवर्तन गरेर

बाँदरको बिगबिगी हुने क्षेत्रमा बाँदरले खान मन नपराउने तपसिलका बाली तथा बिरुवाहरुको छनौट गरी खेति गर्न सकिन्छ ः
– मसलाजन्य नगदे बालीको खेती ः बेसार, अदुवा, धनिया, लसुन, अदुवा, लेभेण्डर, अलैँची, आदि ।
– जडिबुटी खेती ः केमोमाईल, सर्पगन्धा, अश्वगन्धा, ब्राह्मी, तुलसी, टिमुर, लेमन ग्रास, घिउकुमारी, आदि ।
– कन्दमूल खेती ः पिँडालु, तरुल, कसाभा (सिमल तरुल), आदि ।
– पुष्प खेती ः सयपत्री, सुपारी फूल, आदि ।
– फलफूल खेती ः कागती, बेल, बयर, ओखर, मेकेमेमिया नट, आदि ।

यी बाली तथा बिरुवाहरु लगाई बाँदरको आतंक केही हदसम्म नियन्त्रण गरी यसबाट आयआर्जन समेत गर्न सकिन्छ । त्यसैले, बाली प्रणालीमा परिवर्तन गर्न जरुरी छ । यी माथिका बालीहरुमध्ये पनि हाम्रोजस्ता सिँचाइको समस्या भएको जमीनमा कागती खेती एक महत्वपूर्ण वैकल्पित बालीको रुपमा लिन सकिन्छ । किनकी कागतीलाई बाँदरले मन पराउँदैन । कागती खेतीबाट मकैभन्दा बढी आम्दानी पनि मनग्यै हुन्छ ।

२. ध्वनियुक्त संशाधन तथा पासोको प्रयोग

– विभिन्न जनावरहरु जस्तै सिँह, बाघ, तथा मानिसको ध्वनियुक्त संशाधनहरुको प्रयोग गर्ने । यस्ता ध्वनिहरुको प्रयोग गर्दा लगातार एकै ध्वनि प्रयोग गर्नुहुँदैन । यस्ता ध्वनियुक्त साधनले अन्य जंगली जनावरहरु नियन्त्रण गर्न प्रभावकारी भएको पाइएको छ । यसै वर्ष लुम्बिनी सिड कम्पनीले कपिलवस्तुको हाईब्रिड मकै बीउ उत्पादन खेतमा प्रयोग गरेका यस्ता यन्त्रहरुले जंगली जनावरहरु पूर्ण रुपमा नियन्त्रण भएको थियो ।
– मङ्की एअर गन (ःयलपभथ ब्ष्च न्गल) यूपीभीरी पाइप र कार्बाईडको प्रयोगबाट निर्माण गरिएको बन्दुकको आवाजले केही दिनको लागि बाँदरलाई डर देखाउन सकिन्छ र बाँदर केही समय अन्यत्र बसाई सरी जाने भएकोले त्यो क्षेत्रमा यसको उपस्थिति रोकिन्छ पनि । तर दैनिक त्यही आवाजको प्रयोग हुँदा चलाख बाँदरले यसमा विश्वास गर्दैन र पुनः खेतिपातिमा क्षेति पु¥याउन थाल्दछ ।

– मकै तथा अन्य बाली लगाएको बीच वा छेउँछाउँतिर सबै खेतबारी देख्ने गरेर मच्याङ्गमा कराएर वा ड्रम ठटाएर पनि बाँदर नियन्त्रण गर्न पद्दत पुग्न जान्छ ।
– बाँसबाट बनाइको सानो खोर वा पासोमा दुई झुत्ता मकै झुण्ड्याएर राखेपछि त्यहाँ आउने बाँदर मकै खान खोरमा पसेपछि बन्दी बन्दछ र चर्को स्वरमा कराउन थालेपछि अन्य बाँदरहरु आउन बन्द हुने कुरा हाम्रो मत (२०७७) मा उल्लेख गरिएको पाइन्छ ।

३. वनस्पतिजन्य वस्तुको प्रयोग

– जंगलसँग जोडिएको बस्ती तथा कृषि क्षेत्रमा बाँदर हिँड्ने बाटोमा वा बारीको वरिपरि छेउँ वा डिलमा बाँदरको भुत्लामा लचप्पै टाँसिने खालका बिरुवा जस्तै मोलासेस घाँस (ःभष्लिष्क mष्लगतषयिचब) लगाएमा जब बाँदर त्यो घाँसबारी हुँदै खेतबारीमा पस्छ बाँदरको शरीरमा टाँसिन्छ, यसलाई फाल्नको लागि अन्य बाँदरहरुले पनि कन्याउन थाल्दछ र रगताम्य हुन्छ तापनि बाँदरले शरीरमा कन्याको कन्याइ गर्दै भुत्ला फाल्दछ । त्यसपछि ती हुल बाँदर उक्त खेतमा पस्ने चेष्टा गर्दैन ।

– कतिपय किसानहरुले बाँदरको लागि खाने कुरा बनाउँदा पीरो खुर्सानी मिसाउँछन् । यसरी तयार गरेको खाद्यवस्तु खेतको वरिपरि ठाउँठाउँमा राखिन्छ । यदि बाँदरले खाएमा पीरोले अत्तालिन्छ र अर्कोपटकदेखि ती बाँदरको हुल त्यो खेतमा प्रवेश गर्दैन । यो हात्ती, लोखर्के र अन्य जंगली जनावरहरु नियन्त्रणको लागि एकदम प्रभावकारी तरिका मानिन्छ ।

– बाँदर लाग्ने ठाउँमा वा बादरको बाटोमा मङ्कि पजल ट्रि (ब्चबगअबचष्ब बचबगअबलब) रुख रोपेर पनि बाँदरको नियन्त्रणमा सहयोग पुग्न सक्छ ।
– कहिले काही गुईँठा वा दाउरामा खुर्सानीको धुलो हालेर ठढाएर धुवा निकालेमा पनि पीरोको कारण बाँदर लाग्दैन ।
– खुर्सानीको घोल बनाई तरकारी बारीमा छर्ने जस्ले गर्दा बाँदरले त्यस्ता तरकारी खान मन पराउँदैन ।

४. जंगल तथा सडक किनारामा फलफूलका बोटबिरुवाहरु रोप्ने

बाँदरलाई जंगलमै सीमित गराउनको लागि वनजंगल तथा सडकको किनारामा बाँदरले मन पराउने विविध किसिममा फलफूलका बिरुवाहरु व्यापक रुपमा सामुदायिक वन, निजी वन, कवुलियति वन, धार्मिक वनको बाँझो तथा खाली क्षेत्रको साथै सडकको किनारा सबै ठाउँमा लगाउने अभियानै चलाउनुपर्दछ । यसरी बिरुवाहरु रोप्नाले बाँदरहरुको लागि प्रशस्त खानेकुरा हुने र उनीहरु पनि त्यतै सुरक्षित ठान्ने हुँदा किसानको बारी तथा घरमा गएर कम दुख दिन्छन् । यसका अतिरिक्त ठाउँ परिस्थिति हेरी अन्य उपायहरु पनि अपनाएर क्षति कम गर्न सकिन्छ । त्यसैले, धेरै ठाउँमा यो कार्यको थालनी पनि भईसकेको छ । जस्तैः विगत वर्षहरुदेखि नै मोरङका अधिकांश सामुदायिक वनले वन क्षेत्रमा अम्बा, कटहर, आँप, केरा, आरु जस्ता विभिन्न प्रजातिका फलफूलका विरुवाहरु रोप्न थालेका छन् ।

५. पशु तथा पशुजन्य वस्तुहरु तथा आकृतिको प्रयोग

– घर घरमा कुकुरहरु पालेर खेतबारीको रेखदेखमा प्रयोग गर्ने । कहिले काहीँ एक्लो कुकुर भएमा बाँदरको हुले आक्रमण गर्ने भएकोले खेती गरिने आसपासका किसानहरुले कुकुर पाल्न जरुरी छ ।
– सुकेको माछा खेतको वरिपरि रुखको हांगामा झुण्ड्याउने र नजिकै सानो प्याकेटमा पनि हड्डि नभएको माछा राख्ने । बाँदरले जब यो प्याकेट फुटाउँछ हात सफा गर्न शरीरमा छालामा रगताम्यै हुँदासम्म दल्दछ ।
– कुहिएको अण्डालाई पानीमा मिसाएर खेतको वरिपरि ठाउँठाउँमा राखेर दुर्गन्धित बनाउने जसलाई बाँदरले मन पराउँदैन र खेतमा आउँदैन ।
– बाँदरको शिकारी जनावरको पिसाव सँकलन गरेर बाँदर पस्ने नाका नाकामा बोरामा भिजाएर राखेको खण्डमा पनि बाँदर नियन्त्रणमा सहयोग पुग्दछ ।
– बाँदरको प्रवेशद्वारहरुमा रुखमा प्लाटिक वा रबरको सर्प झुण्ड्याएर राख्ने ताकि बाँदरहरु डराएर प्रवेश गर्ने आँट गर्दैनन् । तर हो भनी पत्ता लगाएपछि काम गर्दैन ।
– खेतबारीको ठाउँ ठाउँमा मानिसको आकृति भएको वस्तु निर्माण गरी राख्ने ताकि बाँदर डरले खेतबारीमा पस्न सक्दैन । यो पनि धेरै लामो समय एकै ठाउँमा र एकै रंगमा राख्दा बादरले विश्वास गर्दैन र विस्तारै यसको प्रभावकारितामा कमी आउँछ ।

६. रसायनिक विषादी तथा पदार्थको प्रयोग

– फिनेलको झोलमा दाउरा चोबेर जलाएर धुवा निकाल्ने जस्को गन्धले बाँदर भाग्दछ ।
– बाँदरलाई मन नपर्ने रसायनहरु जस्तै थिमेटको प्रयोगले पनि बाँदर भगाउन सकिन्छ । यसमा १० ग्राम थिमेटलाई २ ग्राम बालुवामा मिसाएर हावाछिर्ने थैलामा राखेर खेतको किनारामा राख्दा बाँदर खेतमा पस्दैन ।

७. बादरको बन्ध्याकरण

– मानिसहरुको जनसंख्या घटाउन प्रयोग गरिने परिवार नियोजनको उपायमध्ये पुरुषहरुको बन्ध्याकरण एक प्रभावकारी विधि भएकोले बाँदरको आतंक रोक्नको लागि बैतडीका किसानहरुले बाँदरको बन्ध्याकरण उपयुक्त विकल्प हुने निचोड निकालेका छन् । यसमा विज्ञहरुको सुझावको आधारमा अगाडि बढ्न पर्ने देखिन्छ । तर जंगलमा रहेका बाँदरहरुको बन्ध्याकरण गर्ने कुरा भने निकै नै चुनौतिपूर्ण देखिन्छ ।

८. बाँदर कुरुवा तथा हेरालु राख्ने

– बाँदर कुर्नको लागि मानिसको पनि प्रयोग गर्न सकिन्छ । यसोभन्दा गोरखाका खोपनारायण श्रेष्ठ लगायत अन्य केही व्यक्तिहरुलाई विगतमा आफूले खेतबारीमा बाँदर कुर्न गएको अनुभव संगाले र शेयर गरेको पाइन्छ । जंगल बढी भए तापनि मकै खेती नगरी नहुने भएकोले त्यस्ता क्षेत्रतिर बाँदरको प्रकोप बढी देखिन्थ्यो र जतिबेला पनि हुलका हुल बाँदर खेतबारीमा प्रवेश गरी मकै सोत्तर पारिदिन्थ्यो । गाउँमा साना भुस्याहा कुकुरहरु भए तापनि बाँदर धेरै भएपटि बाँदरले कुकुरालाई पनि टेर्दैनथ्यो । त्यसैले, वयस्क र परिपक्व कुरुवाको व्यवस्था गर्न सके काम त राम्रो हुन्छ । तर चारैतिर एकजना व्यक्तिले ढाक्न पनि सक्दैन र हालको अवस्थामा दैनिक ज्यालामा काम गर्नुपर्दा महंगो पर्न जान्छ । तर आजकल यस्ता मान्छेको अभावै छ ।

९. बारबन्देज

– सकभर पुरै खेतको वरिपरि वा बाँदर आउने गौँडामा बाँदरको प्रकोपबाट बचाउनको लागि सोलार प्रणालीको विद्युतीय झड्का दिने किसिमको तार बारको व्यवस्था गर्नुपर्दछ ।

१०. नीतिगत व्यवस्थापन

– कृषियोग्य बाँझो जमीनको सदुपयोग गर्ने ।
– बाँदरबाट भएको क्षतिमा क्षतिपूर्तिको लागि राहत तथा क्षतिपूर्ति कोषको साथै बिमाको व्यवस्था गरी किसानहरुलाई राहत दिलाउने खालको निर्णय हुनुपर्दछ ।
– बाँदरलाई राष्ट्रिय निकुन्जमा सार्न पनि सकिन्छ वा चिडिया खानामा बाघ तथा चितुवा जस्ता जनावरको लागि आहाराको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तर त्यसको लागि पनि सरकारी तवरमा नीतिगत निर्णय भई कार्यान्वयन हुन जरुरी छ ।
– कतिपय स्थानहरुमा बाँदरलाई बन्ध्याकरण गरिएको अवस्थामा यसको पनि पर्यावरण तथा वातावरणमा कस्तो प्रभाव परेको छ त्यसको अध्ययन भई निर्णय हुन जरुरी छ ।
– विगतमा पशुपतिका बाँदरहरुलाई कास्की र स्याङ्जा जिल्लाका वन क्षेत्रमा छाडिँदा त्यसको असर किसानहरुमा परेको हुँदा यसरी छाडिनु पूर्व यसको अध्ययन विश्लेषण गरेर मात्र निर्णय लिन पर्दछ ।
– यसको अलावा विज्ञहरुको राय, सल्लाह र सुझावको आधारमा बाँदर व्यवस्थापन गर्ने अन्य वैकल्पिक नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्दछ ।

अन्तमा,
बाँदरको कारण घर वरिपरि बाहेक टाढाको जमीनमा खेती गर्नसक्ने अवस्था छैन । त्यसैले, जमीन बाँझो हुने दर बढ्दो छ । कतिपय जंगल छेउँको बारी घर नजिकै भए तापनि बाँदरकै कारण बसाई सर्न बाध्य भएको कारण जमीन बाँझो राख्नपर्ने वाध्यात्मक स्थिति बनेकोले किसानहरु पीडामा छन् । बाँदर नियन्त्रणको लागि तुरुन्तै यी माथिका कुनै उपायहरु अवलम्बन गर्न सकिन्छ तापनि यसको प्रभावकारीता स्थान, समय, परिवेश तथा ऋतु विशेष फरक पर्न सक्दछ । बाँदर नियन्त्रणको लागि एक्लै केही गर्न सकिँदैन, त्यसैले सामुहिक रुपमा सम्बन्धित सरोकार वालाहरुको समन्वयमा यसको उचित नियन्त्रण रणनीति बनाउन जरुरी छ । बाँदरलाई एक ठाउँबाट लखेटेर अर्को ठाउँमा धपाउँदैमा समस्या समाधान नहुने भएकोले स्थानीय तथा प्रदेश सरकारले विषेश नीतिगत निर्णग गरेर अगाडि बढ्न जरुरी छ । कालान्तरसम्म यसको नियन्त्रणको लागि यसको बासस्थानमा उचित किसिमका फलफूलजन्य बिरुवाहरु रोप्दै जाँदा बिरुवाहरु हुर्केर लटरम्म फल दिन थालेपछि बाँदरहरु वनजंगलमै बढी भुल्नेहुँदा खेतिपातिमा त्यति क्षति पुग्न जाँदैन । यसको लागि पालिका तथा वडाहरुले तुरुन्त खाली जमिनमा फलफूलजन्य बिरुवा राप्ने गर्नुपर्दछ ।

धन्यवाद ज्ञापन
यो लेखको गुणस्तर वृद्धिमा मेरो फेसबुकमा निकै नै राम्रा सल्लाह तथा सुझावहरु दिई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावमा हार्दिक धन्यवाद दिन चाहन्छु । स्युचाटार, काठमाडौँ

सन्दर्भ सामग्रीहरु
नेपाल समय (२०७४) । बाँदर आतंक रोक्न बन्ध्याकरण । https://nepalsamaya.com/detail/1264.
पन्त, सरोजराज (२०७९) । बाँदर : मानवको समस्या । खबर निरन्तर, आदर्श सञ्चार, नेपाल । https://www.aadarshasanchar.com/opinions/2022/05/21/38472/.
स्कट नेपाल (२०७८) । बाँदर आतंकबाट पीडित किसानहरुलाई नेपाली इतिहासकै खुसिको खबर : बाँदर धपाउने यन्त्र।
सुवेदी, अमृत (२०७६) । बाँदर बाँध्ने गल्याङ्को नीति फेल, १५ लाख स्वाहा । अनलाइन खबर । https://www.onlinekhabar.com/2019/08/785742.
हाम्रो मत (२०७७) । बाँदर समाउन जंगलमै पासो । https://hamromat.com/2020/05/02/7933.html.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?