© २०२३
बुटवल,१४ जेठ । टीकापुर घटनामा दोषी ठहर भई सर्वोच्चबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले रिट दायर गरेकी हुन् ।
बोहराले रिट सर्वोच्च अदालतमा पेश गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन् ।
गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् । रेशम नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । उनको पार्टीले अहिलेको सरकारलाई समर्थन गरेको छ ।