© २०२३
गुल्मी,१४ जेठ । घरायसी विवादका क्रममा गुल्मीमा बाबुले छोराको नाक हसियाँले काटिदिएका छ्न्।
इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसिँयाले काटीदिएका हुन्।
गए राति करिब १ बजेको समयमा घरायसी विवादका क्रममा बाबुले हसियाँले छोराको नाक काटिदिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।
बाबुलाई प्रहरीले घटनस्थलबाटै नियन्त्रणमा लिएको छ। घाइते छोरालाई गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।