© २०२३
बुटवल,१४ जेठ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवाला पक्षसंग सामूहिक छलफल गर्दैछन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा २ बजेबाट सुरु हुने छलफल दुई चरणमा गर्न लागेका हुन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग चरणमा छलफल गर्नेछन् ।
उनका अनुसार दोस्रो चरणमा कूटनीतिक परामर्श गर्नेछन्, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् ।