© २०२३
बुटवल,१२ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।
‘नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधिसभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद् बैठक चल्ने धारणा राखे। उनले संसद् नचलाउने नियत देखिएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे। उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए।
‘