© २०२३
मानव मुत्र संकलनका लागि सल्यानमा एक विद्यालयले पिसाब बैंक स्थापना गरेको छ । जिल्लाको नमुना विद्यालयहरु मध्येको एक विद्यालय सिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थित निराजन माध्यमिक विद्यालयले पिसाब बैंकको स्थापना गरेको हो । मानव मुत्र (पिसाब) लाई माटोको उर्वरा शक्ति र उत्पादन बढाउन प्रयोग गरिन्छ । अर्गानीक तरकारि खेतीका लागि पनि पिसाब उपयोगी हुने भएपछी निराजन माविले मानव मुत्र संकलनका लागि पिसाब बैंक स्थापना गरेको हो । बिद्यालयले पिसाब संकलन गरेर सही सदुपयोगका लागि दुइ कोठाको सौचालय निमार्ण गरेको छ ।
मानीसहरूले बिर्षजन गरेको पिसाबलाइ उपयोग गर्न सकीने बिज्ञको सुझाव अनुसार बिद्यालमा पिसाब संकलन गर्न शुरु गरिएको प्रधानाध्यापक धर्मराज घर्तिले बताए । विद्यालयमा अहिले पिसाब संकलन शुरु भएको र संकलन गरेको पिसाब अर्गानीक तरकारि खेती तथा अन्य कहाँ कहाँ उपयोग गर्न सकिन्छ विज्ञहरुको सिफारिस अनुसार उपयोग गरिने उनको भनाइ छ । हाल छात्रहरूको पिसाब संकलन शुरु गरिएको र यस कार्य उपयोगी भएमा क्षात्राहरूको निम्ति अर्को सौचालय निमार्ण गरीने उनको भनाई छ ।
करीब सात लाखको लगानीमा १८ सीटको दुइ कोठाको शौचालय निर्माण गरीएको छ । कक्षा १२ सम्म सञ्चालन भएको उक्त विद्यालमा जम्मा ६ सय जना बिधार्थी अध्यनरत छन् । संकलीत पिसाब टंकीमा जम्मा हुने र जम्मा भएको पिसाब आवश्यक पर्ने ठाउमा उपयोग गरिने विद्यालयले जनाएको छ ।