© २०२३
तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा बन विज्ञान अध्यापन गराउदै आएको छ ।
आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी कलेजले मेकानिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक इन्जिनियरिङ्ग, कृषि विज्ञान, फुड एण्ड डेरी लगायतका चार विषयमा सम्वन्धन पाएको कलेज सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । “स्थानीय सरकारले सञ्चालन गरेको नमुना कलेजका रुपमा हामीले स्थापना गर्न खोजिरहेका छौ” नगरप्रमुख पाण्डेले भने । कलेजमा सबै कार्यक्रमका लागि तीन वर्षको एकमुष्ट १ लाख ५० हजार शिक्षण शुल्क निर्धारण गरिएको छ । “निर्धारण गरिएको शुल्कमा अन्य क्षेत्रबाट आउनेलाई २० प्रतिशत र उपमहानगरबासीलाई ४० प्रतिशत छुटको व्यवस्था छ” सञ्चालक समितिका सदस्य सुर्यबहादुर डाँगीले भने ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि कलेजले महत्वपूर्ण भुमिका खेल्न सक्ने नगरप्रमुख पाण्डेको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको स्थापना गरेको उनले बताए । “सञ्चालन गर्न निकै कठिन हुन्छ तर पनि निरन्तर लाग्ने हो भने सफल हुन सकिन्छ भन्ने उदाहरण हो कलेज” नगरप्रमुख पाण्डेले भन्नुभयो । गत शैक्षिक सत्रमा वन विज्ञान विषय अध्यापन गराउँदै आएको कलेजले यो वर्ष विभिन्न चारवटा प्राविधिक विषय अध्यापन गराउन लागेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीको सहकार्यमा यसै शैक्षिक सत्रबाट मेट्रो कलेजमा अध्यापन हुनेगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटिले बाली विज्ञान, फुड एण्ड डेरी, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक र मेकानिकल इन्जिनियरिङ्ग विषय थप गरेको छ ।
कोरोनाको जोखिमको समयमा प्राविधिक विषयको माग बढेको भएपनि विद्यार्थीहरुलाई त्यसको समयमै जानकारी नहुँदा समस्या आएको सञ्चालक समितिका सदस्य डाँगीले भने । उनले तुलसीपुरको मृुहार परिवर्तन गर्ने योजनाका रुपमा कलेज सञ्चालनको योजना अगाडी वढेको वताए । “पाँचहजार विद्यार्थीले अध्ययन गर्नेगरी भौतिक संरचना निर्माणको काम अगाडि वढाएका छौ” उनले भने । शिक्षा समिति संयोजक देवराज विकले मुनाफारहित ढँगले कलेज सञ्चालन भएको वताउँदै समुदायले अपनत्व महसुस गर्नुपर्नेमा जोड दिए