© २०२३
बुटवल,११ जेठ । दुःखी देशहरूको सूचीमा नेपाल ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७.१८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ । सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ ।
सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी,र मुद्रास्फिति र प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशतलाई आधार बनाएको थियो । यस्तै २०२२ मा सबैभन्दा खुसी देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।
उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।