© २०२३
काठमाडौं,१० जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।
भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै बस्नेतले आपत्ति जनाएका हुन् ।
हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् ।
उनले सो बयान पछि १६ वटा बुँदा अगाडी राखेका छन् ।
१. मंगलबार एक जना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परी आए आइजीपी फेरेर भए पनि उहाँलाई आईजीपी बनाएर भए पनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।
२. गृहमन्त्री सँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भए पनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।
३. केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बज्राचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पीए लिला जीसी मार्फत पैसा दिएको जबरजस्त बयान गराइएको थियो ।
४. केशव दुलाल र लिला जीसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।
५. तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।
६. प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन् तर मन्जु खाँण र आरजु देउवा छानबिनको दायरामा राखिएको छैन ।
७. तिनै केशव दुलाललाई प्रहरीले पुन: सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।
८. उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन् ।
९. निज केशव दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफू र केही साथी अमेरिका जान खोजेका हौँ भनेका छन् ।
१०. सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा विभिन्न व्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् ।
११. आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव छ ।
१२. केशव दुलाल काँग्रेसको नेता हुन ।
१३. जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्व मन्त्री खाँण र पूर्व सचिवहरूलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।
१४. देउबाले आफू निकटको व्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन् भनेका छन्
१५. बयानमा खाँण लगायतलाई बचाउने नियत प्रस्ट छ । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले एक कार्यक्रममा भाषण गर्दा यो कुराको सङ्केत गरेका थिए ।
१६. रविको पासपोर्टको विषयमा मुद्दा नचलाउने निर्णय गर्ने महान्यायाधिवक्ता दिनमणि पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।
यस्ता षडयन्त्र चिर्न जरुरी छ र प्रतिवाद गरिनेछ । घेराबन्दी तोडिएको हो र तोडिनेछ ।