© २०२३
बुटवल,९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।
राष्ट्रियसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नीति तथा कार्यक्रमले देशलाई सही गन्तव्यमा लैजाने बताए ।
उनले सरकार सुशासनको पक्षमा दृढताका साथ अघि बढेको र भ्रष्टाचारको अरु कुनै पनि फाइल खोल्नदेखि अकुत सम्पत्ति छानबिन गर्ने कुरा क्रमश: र गम्भीर रुपले अगाडि बढ्छ भने ।
भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून निर्माणलाई प्राथमिकता दिएको उनले बताए । नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभएको उल्लेख गर्दै कार्यान्वयनयोग्य भएको जिकिर गरे ।