© २०२३
भैरहवा, ८ जेठ । साविक लुम्बिनी अञ्चलका पहाडी जिल्लाई समेटेर मदिरा ब्यवसायी संघ भैरहवा, रुपन्देहीले पर्यटकीय करिडोरको अवधारण अघि सारेको छ ।
आन्तरिक पर्यटन प्रबद्र्र्धनमा जुटेको संघले भैरहवाबाट नजिकका पर्यटकीय गन्तब्य पहिचान गर्ने र सोको प्रचार प्रसार गर्ने उद्देश्यले धुुर्कोट गाँउपालिका गुल्मीमा रहेको बिचित्रको गुुफा, रेसुुङ्गा, अर्घाखाँचीको सुुपादेउराली, छत्रदेव गाँपालिकामा रहेको नेपालकै अग्लो १३ तले मन्दिर लगायतका धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन एवं भ्रमण गरी ती क्षेत्रहरुलाई समेटर करिडोरको बिकास गर्न सके पर्यटन क्षेत्रमा त्यसबाट भरपुर लाभ लिन सकिने निकर्षमा पुुगेको हो । पाल्पाको रानीमहल, भैरवस्थान मन्दिर, गुल्मीको रिडि, रेसुुङ्गा, बिचित्र गुफा, बल्कोट पौवा, नेपालकै अग्लो १३ तले मन्दिर, सुुपादेउराली लगायतका पर्यटकीय एवं धार्मीक स्थललाई समेटेर पर्यटकीय करिडोरको रुपमा बिकास गर्न सके यी क्षेत्र यस क्षेत्रका उत्कृष्ट पर्यटीय गन्तब्य बन्न सक्ने मदिरा ब्यबसायी सघं भैरहवाका अध्यक्ष केशव ज्ञवालीले बताए । उनले यी क्षेत्रलाई समेटेर पर्यटन ब्यबसायीले प्याकेज तयार गरी लुम्बिनी आउने पर्यटकलाई घुमाउन लैजान सक्ने राम्रो अवसर पनि भएको बताए । सिद्धार्थ उद्योग बाणीज्य संघका अध्यक्ष ठाकुुर कुमार श्रेष्ठले साविक लुम्बिनी अञ्चलका पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीलाई जोडेर पर्यटकीय करीडोरको रुपमा बिकास गरी राज्यले लाभ लिन ढिला गर्न नहुनेमा जोड दिए ।
यी जिल्लामा रहेका धार्मीक एवं ऐतीहासिक स्थलको संरक्षण र प्रचार गर्न सके मात्र पनि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने, ग्रामीण भेगहरु समेत चहलपल हुने, छोटो समयको उत्कृष्ट गन्तब्य बन्न सक्ने बताए । यी जिल्लामा एक दिन पर्यटकलाई बसाएर घुुमाउने स्थानहरु धेरै रहेको उल्लेख गर्दै कम्तीमा गुल्मी, अर्घाखाँची, पाल्पालाई केन्द्र बनाएर एक दिनको बसाईमा पनि मुख्य मुख्य पर्यटकीय एवं धार्मीक स्थलहरुको प्याकेज संचालन गर्नुु पर्ने पनि उनले बताए ।
मदिरा ब्यबसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले पाल्पा, गुल्मी र अर्घाखाँचीमा रहेका ऐतीहासिक धार्मीक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले बिषेश ध्यान दिनुु पर्ने बताए । उनले यहाँ रहेका कतीपय ऐतीहासिक स्थलहरु संरक्षण र प्रचार हुन नसक्दा आझेलमा परेको बताए ।
यसैबिच मदिार ब्यवसायी सघं भैरहवाले अध्यन अवलोक भ्रमणको क्रममा गुल्मीको रेसुुङ्गामा एक कार्यक्रमको आयोजन गरी बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेकोछ । संघले हालै निर्वाचित सिद्धार्थ उद्योग बाणीज्य सघंका अध्यक्ष ठाकुुर कुुमार श्रेष्ठ, सल्लाहकारहरु खिम बहादुुर खत्री, मृगेन्द्र गोविन्द श्रेष्ठ, चिरञ्जीवी राउत, होटल ब्यवसायी महासघंका केन्द्रीय उपमहासचिव राजेश महत्रा, होटल तथा रेष्टुुरेण्ट ब्यबसायी सगंठन रुपन्देहीका अध्यक्ष पिताम्वर न्यौपाने, मदिरा ब्यबसायी महासघंका केन्द्रीय सदस्यहरु रमेश बेल्वासे, सन्देस कक्षपति, नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ लुम्बिनी प्रदेशका सदस्य गिरीराजमणी पौडेल, मदिरा ब्यबसायी संघ मोरङका उपाध्यक्ष दया प्रसाद कोईराला र अध्यन अवलोकन भ्रमणका संयोजक नारायण न्यौपानेलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान एवं बधाई दिएको हो ।