© २०२३
काठमाडौं,७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०–०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समर्थन गर्न अयोग्य रहेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर रिङ आउट गर्ने बताए। उनले सत्तारूढ दल नेपाली कांग्रेससहित सबै दलहरूलाई नीति तथा कार्यक्रमको विपक्षमा उभिन आह्वान गरे।
फिर्ता नलिए छक्का हानेर पठाइदिनुपर्छर रिङ आउट गर्नुपर्छ भन्दै ओलीले सरकारलाई चेतावनी दिए ।
यस्तै, अध्यक्ष ओलीले नेपाली कांग्रेस पाँच सातवटा मन्त्रीमा नीति तथा कार्यक्रमको पक्षमा उभिन नहुने बताए।