ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

रोल्पामा राष्ट्रिय स्तरको जनयुद्ध स्मृती संग्राहलय

२० श्रावण २०७७, मंगलवार
२० श्रावण २०७७, मंगलवार

जनयुद्ध स्मृती राष्ट्रिय संग्रहालयमा निर्मित प्रवेशद्धारको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन । रोल्पाको त्रिवेणी गाउँपालिका ७ तीलामा सोमवार आयोजित कार्यक्रममा मन्त्री केसीले प्रवेशद्धार उद्घाटन गरेका हुन ।

कार्यक्रममा वोल्दै मन्त्री केसीले संग्राहलय परिवर्तनकारी अभियानको प्रतिक भएको वताए । दश वर्ष लामो जनयुद्धमा माओवादी मात्र हैन सर्वसाधारण जनताहरुले समेत मौसमी अन्न, सेल्टर दिएर तथा चिठ्ठी पत्र आदान प्रदान गरेर सहयोग गरेको स्मरण गरे । पछिल्लो परिवर्तनमा लडेको जनमुक्ती सेना र त्यसलाई माया गरेर पाल्ने जनताको साझा तीर्थ स्थलको रुपमा संग्राहलय रहेको मन्त्री केसीको भनाई थियो । आफ्नो पार्टीमा देखिएको विवाद वारे वोल्दै मन्त्री केसीले वाहिर प्रचार गरिए जस्तो विवाद नभएको वताए । कोरोना पछि वेरोजगार रहेका मिडियाहरुलाई रोजगारी दिएका मात्रै हौ मन्त्री केसीले भने । नयाँ आधारमा नयाँ एकता कायम गर्दै विवाद अन्त्य हुने र पार्टी थप मजवुत हुने नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री केसीको भनाई थियो ।

कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्य दीपेन्द्र पुनले जनयुद्ध संग्राहलयको रुपमा मात्रै विकास गर्दा सवै नसमेटिने भएकाले निरंकुश राजतन्त्र अन्त्यको आन्दोलनमा सहभागि सवैको साझा संग्राहलय वनाउनु पर्ने विचार व्यक्त गरे । जनयुद्ध र जनआन्दोलनको साझा उपलव्धीको रुपमा राजतन्त्रको अन्त्य भएकाले यो आन्दोलनमा सहभागि सवैलाई अटाउने गरि संग्राहलयको विकास र विस्तार गर्न जरुरी छ पुनले भने ।

प्रदेश सरकार र संघीय सरकारको रु ९० लाखको लागतमा प्रवेशद्धार, सभाहल र फुड ट्रेल तयार भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत दधिलाल कँडेलले जानकारी दिए । उपभोक्ता समिति मार्फत ४० लाख र टेण्डर मार्फत ५० लाखको काम भएको छ कँडेलले भने । चालु आर्थिक वर्षमा समेत डिपिआर तयारी तथा भ्यूटावर निर्माणका लागी वजेट विनियोजन भएको छ कडेलले भने । संग्राहलयका लागि राज्यवाट आर्थिक वर्ष २०७४/०७५ देखी नियमित रुपमा वजेट विनियोजन भईरहेको छ ।

माओवादी र सरकार वीच भएको वृहत शान्ति संझौता पछि देशमा विभिन्न ७ मुख्य र २१ सहायक गरि देशका विभिन्न २८ स्थानमा शिविर खडा गरि माओवादी लडाकुहरुलाई राखिएको थियो । रोल्पाको दहवनमा मुख्य शिविर रहने गरि तत्कालिन माओवादी लडाकुको ५ नम्वर वटालियन सहायक शिविरको रुपमा तीलामा राखिएको थियो । सामुदायिक वनको ७ हेक्टर जमिन कव्जा गरि सो शिविर स्थापना गरिएको थियो । हालउक्त शिविर व्यवस्थापनका लागि सशस्त्र प्रहरी वलको एक टुकुडीले राखिएको छ ।

शिविर भित्र माओवादी लडाकुले प्रयोग गरेका भवन, सौचालय, वंकर तथा अन्य संरचनाहरु रहेका छन । ती संरचनाको संरक्षण गर्दै युद्ध पर्यटनको विकास गर्ने सोच वमोजिम राष्ट्रिय संग्राहलयको अवधारणा अघि सारिएको स्थानीय अमरवहादुर डाँगीले वताए । यसै वर्ष डिपिआर तयार भएकाले अव वन्ने सवै संरचना सोही वमोजिम हुन्छन् डागीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?