ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कपिलवस्तु अस्पतालका मेसु अस्पताल छाडेर निजी क्लिनिकमा बिरामी जाँच्दै

१४ श्रावण २०७७, बुधबार
१४ श्रावण २०७७, बुधबार

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. किशोर बन्जाडेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनको ठाडै अटेरी गरेको भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी अस्पतालमा बिरामीको परिक्षण गर्न नपाउने निर्णय गरि सम्बन्धित निकायलाई दिएको निर्देशनलाई मेसु बन्जाडेले जानाजान अटेरी गर्दै आएका छन् ।

बुधबार बिहान १० नबज्दै कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका बिरामीहरु लाईनमा थिए । तर अस्पतालका मेसु डा. किशोर बन्जाडे बस्ने कुर्सी १० बजे पछि पनि खाली थियो । कारण बुझ्दा अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर बन्जाडे दैनिक १२ बजे सम्म निजी अस्पतालमा उपचारमा संलग्न हुने गरेको गुनासो आयो । कार्यालय समयमा निजी क्लिनिकमा बिरामीको उपचार मात्रै गर्ने नभई बिरामीहरुलाई समेत उपचार गराउन आफ्नै क्लिनिकमा बोलाउने गरेको केहि बिरामीले आरोप लगाए ।

गुनासोको यथार्थता बुझ्न बुधबार बिहान करिब साढे ११ बजेको समयमा बुटवल टुडेकर्मी सहितका सञ्चारकर्मी कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोल स्थित बुद्ध क्लिनिकमा पुग्दा मेसु बन्जाडे क्लिनिकमै बिरामीको उपचारमा व्यस्त भेटिए । त्यस अघि बुद्ध क्लिनिकको काउन्टरमा रहेका कर्मचारीले डा. किशोर बन्जाडे क्लिनिकमा बिरामीको उपचारमा रहेको भन्ने जानकारी दिए । सञ्चारकर्मी पुग्दा डा. बन्जाडे र एक महिला स्वास्थ्यकर्मी बिरामीको उपचारमा संलग्न थिए । एक बृद्ध महिलालाई भिडियो एक्सरे गर्नका लागी बेडमा तयार पारिएको थियो । त्यस्तै डा. बन्जाडे आफैले एक बिरामीको जाँच गर्दै थिए । सञ्चारकर्मीहरु नजिकै पुग्दा अक्क न बक्क भएका मेसु बन्जाडेले बिरामीको जाँच गरेको स्थानबाट जुरुक्कै उठे । सञ्चारकर्मीहरु सँग नजिकै आई पुगेका उनले आफु कपिलवस्तु अस्पतालमा बिदा लिएर बुटवल जाने तरखरमा रहेको बताए । “म बिदामा छु, बुटवल जादै छु आज । हिजो देखी निस्किसक्या छु ।” मेसु बन्जाडेले भने । सो पश्चात कपिलवस्तु अस्पतालमा पुगी अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लालाई मेसु किशोर बन्जाडे साढे ११ बजे निजी क्लिनिकमा भेटिएकोले बिदा लिए नलिएको जानकारी माग्दा आफुले सो बिषयमा बुझनु पर्ने बताए । “माथिल्ला तहका कर्मचारीले बिदा लिएको वा फिल्डमा रहेको हामीलाई तत्कालै थाहा हुदैन ।” व्यवस्थापक शुक्लाले पन्छिने प्रयत्न गर्दै भने । सो पश्चात मेसु बन्जाडेको हाजिरी कपी भएको अस्पतालको स्टोर शाखामा पुग्दा त्यहाँ कार्यरत कर्मचारी योगेन्द्र नाथ चौधरीले डाक्टर बन्जाडेले साउन १४ र १५ गते क्याजुवल बिदा लिएको जनाए । बिदा लिनका लागी बन्जाडेले दिएको निवेदनको बारे बुझ्दा चौधरीले डाक्टर बन्जाडेले फोनमा भने अनुसार हाजिरीकपीमा आफुले दुई दिनको बिदा चढाएको स्पष्ट पारे । “बिदाको लागी कुनै निवेदन छैन । डाक्टर सापले दुई दिनको बिदा चढाई दिनु भनेको आधारमा वहाँको हाजिरीमा दुई दिन बिदा चढाएको हु।” चौधरीले स्पष्ट पारे । अस्पतालका मेसु डाक्टर बन्जाडेले अस्पतालमा बिरामीको लाईन लगाई निजी क्लिनिकमा बिरामी जाँच्ने कार्य गलत भएको कपिलवस्तु नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । “बिरामीहरु अस्पतालमा कहिले पालो आउछ भनेर लाईनमा छन । मेसु नै मन्त्रालयको निर्देशन बिपरित नियमित जसो निजी क्लिनिकमा बस्नु गलत हो । मन्त्रालयको निर्देशन अटेरी गर्ने मेसुलाई मन्त्रालय वा सम्बन्धित निकायले तत्कालै कारवाही गर्न आवश्यक छ ।” नगर अध्यक्ष शर्माले माग गरे ।

कपिलवस्तु अस्पतालका मेसुले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गरेको बिषयमा आफुहरुले प्रारम्भिक जानकारी पाएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्पष्ट पारे । अस्पतालका मेसुले निजी क्लिनिकमा परिक्षण गर्न पाउने व्यवस्था नरहेको स्पष्ट पार्दै यर्थाथ छानविन गरेर स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार प्रचलित ऐन बमोजिम कारवाही प्रकृया अगाडी बढाईने निमित्त प्रजिअ नेपालीले जानकारी दिए । प्रदेश ५ को स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद कुमार गिरीले कपिलवस्तु अस्पतालका मेसुले विदा लिएको बिषयमा जानकारी नभएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु सापले विदा लिने भनेको सुनेको हु तर डा. बन्जाडेले विदा लिएको जानकारी छैन डा. गिरीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन अघि २०७७ साउन १२ गते परिपत्र जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा समेत संस्थाको प्रमुख तथा कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्ने र यस भन्दा अगाडी निजी प्राक्टिस गर्न पुर्व स्विकृती लिएको भए सो स्विकृती स्वतहः खारेज हुने स्पष्ट पारेको छ । त्यसै गरि परिपत्रमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफु कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालमा लेख्न नपाउने व्यवस्थाबारे जानकारी गराएको छ । तर कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोल स्थित बुद्ध क्लिनिकमा मेसु बन्जाडेकै नाम ठुला बोर्डमा तिन स्थानमा राखिएको भेटिएको छ । मेसु बन्जाडेको नाम राख्दा क्लिनिकमा कपिलवस्तु अस्पतालका डाक्टर रहेको प्रष्टिने देखिन्छ । मन्त्रालयले दिएको निर्देशन बिपरित अस्पतालकै मेसुले कार्य गरे पनि उनी माथी कस्तो कारवाही हुने हो आम नागरिक सो बिषयमा प्रतिक्षामा रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?