ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

सैघाको स्वरुप फेर्दै घोराही उपमहानगर

११ श्रावण २०७७, आईतवार
११ श्रावण २०७७, आईतवार

घोराही उपमहानगरपालिका १९ राम्चेका खेतबहादुर घर्ती आजभोली गाडी चढेर बजार आउँछन् । तीन वर्ष पहिलेसम्म उनी घोराही आउनका लागि दुईखोलीसम्म हिडेर आउनुपर्दथ्यो । दुई खोलिआए पछि होलेरीबाट घोराही आउने गाडी कुर्नुपर्दथ्यो तर, आजभोली उनको घर आँगनमै गाडी पुगेको छ । “पहिले घोराही पुगेर कुनै काम गरेर फर्कनका लागि दिनभर लाग्दथ्यो तर, अहिले मोटरसाइकल चढेर आधा घण्टामै घोराही पुग्न सकिन्छ” घर्तीले भने ।

पछिल्लो तीन वर्षमा सैघामा विकासको मूल नै फुटेको छ । साविकको सैघा गाविसमा तीन वर्ष पहिलेसम्म ट्याक्टर गुड्न सक्ने एउटा सडकको मात्रै ट्रयाक खुलेको थियो तर, अहिले सैघबाट घोराही जोड्ने चार ओटा मोटरबाटो खुलिसकेका छन् । अहिले दुईखोलि–फिडि–राम्चे हुँदै सैघा, कटुवाखोला–पलासे हुँदै सैघा, वाम्ला खोला–पाँचपोखरि हुँदै स्वर्गद्धवारी जानेबाटे खुलेको छ । तीन वर्षको बीचमा साविकको सैघा गाविसभित्र १२ ओटा सडक सञ्जाल विस्तार भएका छन् । अहिले सबै जसो टोलबाट वडा कार्यालय आउने सडक निर्माण भएको छ । “हामीले तीन वर्षमा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम ग¥यौ र अहिले सैघालाई चारतीर बाट जोडेका छौ” घोराही १९ का अध्यक्ष हर्कबहादुर घर्तीले भने ।वडाले सडक निर्माणका साथै खानेपानी र विद्युतिकरणलाई उच्च प्राथमिकतामा राखेको छ । तीन वर्ष पहिलेसम्म सैघा विद्युतको पँहुचबाट बाहिर थियो तर, अहिले ५ सय ३० घरमा विजुलीबत्ति पुगिसकेको छ । सैघाको कुल घरधुरी संख्या एक हजार दुई सय ६८ हो । विजुली नपुगेका अरु घरमा सौर्य उर्जाको व्यवस्था समेत गरिएको छ । “निर्वाचनवाट स्थानीय सरकार बनेपनि सैघामा यसरी विकास होला भनेर हामीले सोचेकै थिएनौ” स्थानीय श्रिधर पुरीले भने । वडा सदस्य जंग रोकाका अनुसार तीन वर्षको बीचमा ३० लाख देखि ५० लाख सम्मका ६ ओटा खानेपानी आयोजना सञ्चालन गरिएको छ । पाीको सतह भन्दा धेरै माथिको गाँउ भएकोले सैघामा सधै पानीको समस्या हुने गर्दथ्यो ।

गाविस हुँदा सैघामा वार्षिक पाँच लाख रुपैयाँ बजेट विनियोजन हुन्थ्यो । तर, अहिले पुरै गाविसलाई एउटा वडा बनाइएको छ । वडामा उपमहानरपालिकाबाट वार्षिक एक करोड रुपैयाँ बजेट विनियोन भइरहेको छ । त्यसैगरी प्रदेश सरकारले पनि वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिरहेको छ । संघीय सरकारबाट सिधै र संसद् विकास कोषबाट पनि बजेट विनियोजन भइरहेको छ रोकाले जानकारी दिए । गाविस हुँदा विकासमा निकै पछिपरेको परेको सैघा अहिले तङग्रीन थालेको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पालिकाका विकट क्षेत्रहरुको पूर्वाधार विकासमा आफूहरुले विशेष ध्यान दिएको बताउछन् । “हामी उपमहानगरका सबै वडाहरु समानुपातिक ढंगले विकासको गतिमा अघि बढुन् भन्ने चाहन्छौ, अन्य वडाको तुलनमा पुग्न बढी मेहनत गर्नुपर्ने देखिन्छ” चौधरीले भने ।

सैघाको विकाश गर्न अब उत्पादनमा ध्यान दिनुपर्ने चौधरीले बताए । भौगोलिक रुपमा विकट भएकाले खाद्य वालिको तुलनामा टिमुर, कागती, दालचीनी जस्ता विरुवा रोप्न अहिले उपमहानगरपालिकाले जोड दिएको छ । “उत्पादन विनाको पूर्वाधार विकासले मात्रै हामीले आर्थिक समृद्धि हासिल गर्न नसक्ने भएकोले विरुवा रोपिएको हो” चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?