© २०२३
नेपालमा लकडाउन शुरु भएकै दिन चैत ११ गते सैनामैना नगरपालिका वडा नम्बर १ घर भएकी ५ बर्षीय वालिका घरनजिकै जंगलमा करणीमा परिन । घर नजिकै साथीहरुसंग खेल्दै थिइन । छिमिकी दाजुले बाख्रा चराउदै गरेको देखेपछि जंगल छेउमा पुगेकी थिइन । उनलाई बाख्रा चराउदै गरेका १४ बर्षीय अर्का किशोरले करणी गरे ।
५ बर्षकी नावालिका रगताम्मे भएर घर गएपछि परिवारले यो घटनाको विषयमा जानकारी पाएका थिए । छोरीमाथि करणी भएको जानकारी पाएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
उक्त विषयमा अनुसन्धान गरेको प्रहरीले १४ बर्षको युवकलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढायो । ति किशोरले प्रहरी सामु करणी गरेको स्वीकार गरेको बताइन्छ ।
यस्तै बुटबल उपमहानगरपालिका १६ मा बर्ष ५५ की महिलामाथि जबरजस्ती करणी भयो । छिमेकीमा विवाह भएको कारण विवाहको रमाईलो हेरेर घरमा आएकी उनी छोरा छोरी उत्तै विवाहमा व्यस्त भएको मौकामा घरमा करणीमा परिन् । स्थानिय २६ बर्षका राम कुसुम थारुले उनलाई जवरजस्ती करणी गरे ।
करणी पछि उल्टै धाकधम्की देखाएका उनी अहिले प्रहरी कठघरामा छन् ।
यी केही प्रतिनिधि घटना मात्रै हुन । कोरोना महामारीको कारण सबै तिर बन्द भएको मौकामा बालिका मात्रै होइन ठूला उमेर महिला पनि जवजस्ती करणीमा पर्ने गरेको घटना बाहिर आएका छन् ।
अन्य समयमा विभिन्न काममा व्यस्त हुने उनीहरुले लकडाउनको समयमा गलत काममा लाग्ने गरेको प्रहरी बताउछ ।
प्रदेश नम्बर ५ को प्रदेश प्रहरी कार्यालयका अनुसार लकडाउको समयमा सय १७ जना जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । त्यसमध्ये १ सय ११ जना कारवाही प्रक्रियामा छन् ।
प्रदेश प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार लकडाउनको अवधीमा सबैभन्दा बढि जबरजस्तीका घटनहरु कपिलवस्तु जिल्लामा भएका छन् ।
उनका अनुसार लकडाउन सो अबधिमा २४ वटा घटना कपिलवस्तुमा घटेका छन् । जसमा १८ जना बिरुद्द मुद्दा दायर गरि कारवाही प्रक्रिया अगाडी बढाइएको छ । यस्तै सोही अवधीमा रुपन्देहीमा १९ वटा बलात्कारको घटना घटेका छन् भने उक्त घटनामा २० जना सहभागी भएको पाइएपछि प्रक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।
दाडमा १६ वटा जबरजस्तीका घटना भएका छन्, जसमा १९ जना विरुद्द मुद्दा चलिरहेको छ । यस्तै बाँकेमा १९ वटा मुद्दा दर्तामा ११ जना विरुद्द मुद्दा चलिरहेको छ ।
वर्दिया जिल्लामा १२ जना बिरुद्द मुद्दा चलेको मा ११ जनालाई प्रकाउ गरेर कार्वाही प्रकृया अगाडी बढेको छ ।
पश्चिम नवलपरासीमा लकडाउन अबधिमा ८ बटा घटना भएकोमा ५ जना बिरुद्द मुद्दा चलेको छ । पाल्पामा ७ बटा घटनामा ११ जना बिरुद्द मुद्दा चलेको छ भने रोल्पामा ५ बटा घटना घटेकोमा ४ जना विरुद्द मुद्दा छ । गुल्मीमा ४ बटा घटना घटेकोमा ४ जना विरुद्द नै मुद्दा चलेको छ । रुकुम पुर्वमा३ बटा घटना घटेकोमा ३ बिरुद्द कार्वाही प्रक्रिया चलिरहेको छ । अर्घाखाँचीमा २ बटा घटना घटेकोमा २ जनालाई कावाहीको लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।
यो अवधीमा जवरजस्ती करणीको सिकार हुनेमा नाविलिकाहरुको संख्या बढि छ । प्रदेश नम्बर ५ प्रहरी कार्यालय सुचना अधिकारी बैदवारले बालिकाहरु माथि भएका यस्ता घटनालाई अनुसन्धान गरि कार्वाही गरिने बताए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार जवरजस्ती करणी गर्ने मनसाय विरुद्द पनि मुद्दा परेका छन् । १२ जिल्लामा ३३ जना बिरुद्द सोही अभियोगमा मुद्दा चलेको छ भने २६ जनालाई प्रकाउ गरी कार्वाही प्रक्रिया अगाडी बढेको छ ।